नयाँ चलचित्रमा देखा पर्दै बलिउड जोडी दीपिका र रणवीर

Written by Artist Sansar

बलिउडका चर्चित जोडी दीपिका पदुकोण र रणवीर सिंह पुन: एकपटक नयाँ चलचित्रमा देखा पर्ने भएका छन्। बलिउड नायक रणवीर सिंह यतिबेला चलचित्र ‘८३’को तयारीमा छन् । यो चलचित्रमा रणवीरले क्रिकेटर कपिल देवको भूमिका निर्वाह गर्दैछन् । चलचित्रको छायांकन अहिले लण्डनमा भैरहेको छ । यो चलचित्रमा नायक रणवीर सिंहकी पत्नीको भूमिकामा खेल्ने नायिकाको बिषयमा फाइनल गरिएको थिएन ।

तर, अब भने नायिका दीपिका पादुकोणले चलचित्रमा नायक रणवीर सिंहको पत्नीको भूमिकामा काम गर्ने पक्का भएको छ । भारतीय मिडियाका अनुसार, चलचित्रका लागि दीपिका फाइनल भएकी छिन् र उनी लण्डन पुगिसकेकी छिन् । दीपिकाले आफ्नो केहि तस्बिर आफ्नो फेसबुक एकाउण्ट मार्फत सेयर गरेकी छिन् ।

रणवीर र दीपिकाले केही समय अगाडि बिहे गरेका थिए । रियल लाइफ जोडीलाई पर्दामा हेर्न पाउँदा दर्शक खुशी छन् । दीपिका अभिनित चलचित्र ‘छपक’को छायांकन पनि अहिले भैरहेको छ ।

About the author

Artist Sansar