गायक सिताराम पोखरेलको होस् छैन आज

गायक सिताराम पोखरेलले गीत ‘होस् आज छैन, बेहोसी पनि हैन’को म्युजिक भिडियो सार्वजनिक गरेकाछन् … [+]

आर्टिस्ट नेपाल

लामो समयदेखी सांगितिक क्षेत्रमा सकृय गायक सिताराम पोखरेलले आफ्नो छैटौ एल्बम सम्मान २ मा समाबेश भएको गीत ‘होस् आज छैन, बेहोसी पनि हैन’को म्युजिक भिडियो सार्वजनिक गरेकाछन् । घट्टेकुलोस्थित बिनायो रेस्टुराँमा शनिबार पत्रकार सुवास ढकालले सार्वजनिक गरेको भिडियोमा नायिका तथा कुशल रङकर्मी मेनुका प्रधानसँग गायक पोखरेल आँफैले अभिनय गरेका छन् ।

म्युजिक भिडियोमा पहिलो पटक नयाँ प्रविधि उपयोग गरिएको जानकारी दिदै गायक सितारामले ड्रोन क्यामेरा भनेर चिनिने नयाँ प्रविधिले पोखरा र धादिङको गल्छीका सुन्दर ठाउँहरुमा खिचिएको र यो आकर्षक बन्न पुगेको बताए ।

कार्यक्रममा म्युजिक भिडियोमा काम गर्नेहरुलाई सम्मान गरिएको थियो। भिडियोलाई प्रणव जोशीले निर्देशन गरेका छन्। गीतलाई सन्तोष पोखरेलले लेखेका छन् भने करणराज कार्कीले संगीत भरेका छन्। गीतको संयोजन विजेश्वर तण्डुकारको छ भने भिडियो सम्पादन भरत रेग्मीले गरेका छन्।

सुगम संगीतका गीत गाएर सांगितिक क्षेत्रमा स्थापित भैसकेका गायक पोखरेल अभिनेत्री प्रेमी गायकको रुपमा पनि परिचित छन् । उनले बनाएको भिडियो हरुमा अरुणिमा लम्साल, झरना थापा, उषा पौडेल, रञ्जना शर्मा, नन्दिता केसी, बबिता शर्मा, सुमीना घिमिरे, निशा अधिकारी आदि नायिकाहरुले अभिनय गरेका छन्।

About the author

Artist Sansar