आकाशमा उड्दै गायक रोजिन पाण्डे

Written by Artist Sansar

हालै रिलिज गरिएको यस् भिडियोमा सञ्जय चौधरीको शब्द संगीत रहेको छ…[+]

आर्टिस्ट नेपाल

rojin pandey photoshoot हालै रिलिज गरिएको यस् भिडियोमा सञ्जय चौधरीको शब्द संगीत रहेको छ भने उँहालाई पनि फिचरिङ्ग गराईएको छ । दिनेश श्रेष्ठले एरेन्ज गर्नु भएको यस् गीतको सिनेम्याटोग्राफी ज्ञानेन्द्र शर्मा, ईडिटिङ तथा डाईरेक्सन अनुप गिरीको रहेको छ भने गायक रोजिन आँफैले पनि कलाकारको रुपमा अभिनय गरेका छन । भिडियोमा उनलाई नव मोडेल नमिता भण्डारीले साथ दिएकी छिन । एसियन म्युजिकले एल्बम तथा भिडियोको प्रोमोसन तथा बितरण गरेको छ । मोडेलिङ तथा संचारकर्मीको रुपमा पनि राम्रै ख्याती कमएका गायक रोजिनले दर्जनौ भिडियो लगायत रेडियो रियाज मार्फत चर्चित कार्यक्रम नोइज मार्केट मार्फत श्रोताको मन जित्न सफल भईसकेका छन । यस् क्षेत्रमा लगभग ३ बर्ष अघिदेखी कडा मेहेनत तथा परिश्रमका साथ लागिपरेका उनि यो क्षेत्रमा पाएको सफलता पछाडि बिगतका दिनहरुमा बिभिन्न दु:ख कस्ट सहेको पनि सम्झिन्छन ।

About the author

Artist Sansar