गायक साजनलाई सुप्रियाले छाडेपछी

Written by Artist Sansar

गायक साजन श्रेष्ठको नयाँ गीत पापिनिले छोडेर गईको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ …[+]

आर्टिस्ट नेपाल
गायक साजन श्रेष्ठको नयाँ गीत पापिनिले छोडेर गईको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । संचारकर्मी मोहन राज अधिकारीको निर्देशनमा सम्पादन भईरहेको यस् म्युजिक भिडियोलाई अमृत सुनुवारले खिचेका हुन भने सम्पादन निशान्त घिमिरेले गरेका छन् ।भिडियोलाई प्रेमिकाले छाडेपछीको बियोगलाई भिडियोमा देखाउन खोजिएको छ ।

कल्यान सिंहको संगीतमा तयार भएको यस गीतबाट गायक श्रेष्ठ धेरैनै आशाबादी रहेका छ्न् । अधु प्रोडक्सनको ब्यानरमा तयार हुन लागेको यस् म्युजिक भिडियोको छायांकन धुलिखेल को बतासे डाँडा आसपासमा गरिएको हो । यस् म्युजिक भिडियोलाई दसैंको रमझमको सुरुवात संगै रिलिज गरिने निर्माण टिमले बताएको छ ।

About the author

Artist Sansar