fbpx

गायक अभय ढुङेलको १० बर्ष पछीको आकाशैमा (भिडियो सहित)

Written by Artist Sansar

१५ बर्ष अघी देखी नै नेपाली संगीतमा पाईला चाल्नुभएका गायक अभय ढुङेलले केही बर्षको ग्याप पछी पुन: संगीतमा ब्याक भएका छन्

आर्टिस्ट नेपाल

१५ बर्ष अघी देखी नै नेपाली संगीतमा पाईला चाल्नुभएका गायक अभय ढुङेलले केही बर्षको ग्याप पछी पुन: संगीतमा ब्याक भएका छन् । न्युयोर्क स्थित एक स्टुडियोमा रेकर्ड गराएको उनको नयाँ गित “आकाशैमा” को म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । गायिका अन्जना गुरुङले साथ दिएको यस् गीतमा गायक अभय ढुङेल आँफैले शब्द तथा संगीत दिएका छ्न् ।

आर्टिस्ट नेपाल डट कममा संचालक संचारकर्मी नब ढुङेलले निर्देशन् गर्नुभएको यस् म्युजिक भिडियोमा अशिश्मा नकर्मी तथा किरण लाकौलको अभिनय देख्न पाईन्छ ।

ज्ञानेन्द्र शर्माको छायांकन, प्रशान्त तामाङको कोरियोग्राफी तथा टेकेन्द्र शाहको सम्पादन रहेको यस् म्युजिक भिडियो तथा एल्बमलाई एसियन म्युजिकको सहकार्यमा आर्टिस्ट नेपालले बजारमा ल्याएको हो ।

watch the video

About the author

Artist Sansar