गायकद्वय कोशीश छेत्री तथा कमल छेत्रीलाई पितृशोक

Written by Artist Sansar

आर्टिस्ट नेपाल

नेपाली संगीतमा स्थापित गायकको रुपमा चिनाउन सफल गायक कोशीश छेत्री तथा कमल छेत्रीलाई पितृशोक परेको छ। उनिहरुका पिता ज्ञानबिर छेत्रीको शनिबार बिहान हेटौंडा, मकवानपुरमा हृदयघातका कारण निधन भएको हो । छेत्रीको पार्थिक शरीरलाई हेटौंडामै अन्त्येष्टि गरिएको छ। उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न हेटौंडा स्थित कलाकर्मी तथा संचारकर्मीहरुको बाक्लो उपस्थिती थियो । स्व. छेत्री आँफै एक कुशल गायक , संगीतकार तथा गीतकार हुनुहुन्थो ।

उनका ३ छोराहरु छन् । ३ जनै संगीतकर्ममा आबद्द छन् । उनका जेठा छोरा कमल छेत्रीको  नाचन…… हाम्रो देशमा…… लगायतका दर्जनौ गीत हिटछन् भने “दैब” बोलको गीत मार्फत संगीतमा प्रबेश गरेका कोशीश छेत्री संगीत अबला अभिनयमा नि अब्बल छन् । उनले अभिनय गरेको चलचित्र ‘मोक्ष’ माघ २४ गतेबाट प्रदर्शनमा आउँदैछ । उनका भाई केतन छेत्री पनि संगीतमै आबद्द छन् ।

आर्टिस्ट नेपाल संगीतकर्मी ज्ञानबिर छेत्रीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दुःखको यस घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।

श्रीमती कमला छेत्रीको साथमा संगीतकर्मी ज्ञानबिर छेत्री । श्रीमती कमला छेत्री पनि गयिका हुन् । रेडियो नेपालबाट स्वर परिक्षा पास गरिसक्नुभएकी श्रीमती छेत्री विवाह पक्षात संगीतलाई भने निरन्तरता दिन सक्नुभएन ।

कमल छेत्री । उनका नाचन….हाम्रो देशमा….लगायतका गीत हिट छन् । उनि एक सफल कम्पोजर तथा गायकको रुपमा परिचित छन् ।

कोशीस छेत्री । गायक बाट नायक भईसकेका कोशीसले गायन अबला दर्जनौ गीतमा अभिनय गरेकाछन भने उनी अभिनित चनचित्र मोक्ष रिलिजको तयारीमा छ ।

केतन छेत्री । प्रतिभाशाली रक गायक

About the author

Artist Sansar