कलाका सबै बिधामा एल.पि सिवाकोटी

Written by Artist Sansar

पुतलीसडक स्थित ए एन फेसन स्टुडियोस मा कुबेर तामाङको फोटोग्राफीमा उनको फोटोसुट भएको हो …[+]

 

 

आर्टिस्ट नेपाल

दमक १० झापा स्थाई घर भएका एल.पि सिवाकोटी केही बर्ष अघि नेपाल टेलिभिजनबाट प्रसारण भएको “बाउको बिहे” टेलिसिरियल बाट अभिनय यात्रा सुरु गरेका हुन् ।

 

फिचर फिल्म “बार” मा समेटा अभिनय गरेका सिवाकोटी कान्तिपुर टेलिभिजनको चर्चित हास्यसिरियल ‘ हरके हल्दार’ पनि आफ्नो अभिनय कौशल प्रस्तुत गरिसकेका छन् ।

 

सानैदेखी कलाकारिता क्षेत्र मन पराउने तथा यसै क्षेत्रमा लागेर केही गरेर देखाउने सपना बोकेका सिवाकोटी गीत संगीत प्रति पनि पनि उत्तिकै रुची राख्ने गर्दछन् । ५.६ फिट हाईट भएका सिवाकोटी शरीर सुगठनका पनि धनी हुन् ।

 

हाल कतार बस्दै आएका सिवाकोटी नेपाल आएको मौकामा सिरियल तथा फिल्महरुमा देखा पर्ने गरेका छन् ।

 

पछिल्लो समय नेपाल आएकै बेला उनको आर्टिस्ट नेपाल डट कमले उनको फोटोसुट गरेको थियो । पुतलीसडक स्थित ए एन फेसन स्टुडियोस मा कुबेर तामाङको फोटोग्राफीमा उनको फोटोसुट भएको हो ।

About the author

Artist Sansar