न्युयोर्कबाट आयो सन्जोक लामाको सगुन

Written by Artist Sansar

बिगत लामो समय देखी न्युयोर्कमा बसोबास गर्दै आएका गायक संजोक लामाले गीतहरुको भिसिडी एल्बम सार्वजनिक गरेका छन्…[+]

आर्टिस्ट नेपाल

बिगत लामो समय देखी न्युयोर्कमा बसोबास गर्दै आएका गायक संजोक लामाले आफ्नो गीतहरुको भिसिडी एल्बम सार्वजनिक गरेका छन् । राजधानीमा आयोजित एक समारोहमा नायिका गौरी मल्ल तथा छायाँकार बिदुर पाण्डेले गायक सन्जोकको भिडिसी एल्बम सार्वजनिक गरेका हुन् ।

केही नयाँ तथा केही पुराना चर्चित लोक गितहरुलाई रिमेक गरेर निकलिएको उक्त कालेक्सेनमा सात वटा म्युजिक भिडियोहरु समाबेश रहेका छन् । कार्यक्रममा प्रबिण श्रेष्ठ , बिशाल भण्डारी लगायतका निर्देशकहरुले निर्देशन गरेका नयाँ भिडियोहरु पनि देखाईएको थियो । भिसिडी कालेक्सेनमा सोम बहादुर तामाङ्, जयनन्द लामा,रोज मोक्तान, चन्द्र कुमार दोङ्, लगायतका चर्चित संगीतकारहरुको संगीत रहेको छ । उनको भिसिडी कलेक्सेन एसियन म्युजिकको ब्यानरमा निकालिएको छ ।

About the author

Artist Sansar