नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘जाइरा’ आजबाट प्रदर्शन आरम्भ

Written by Artist Sansar

आज शुक्रबारबाट नायिका नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘जाइरा’ले आˆनो प्रदर्शन आरम्भ गरेको छ । यस चलचित्रले सोलो रिलिजको मौका पनि पाएको छ । यस मितिमा अन्य कुनै चलचित्र रिलिज भएका छैनन् ।

अहिले कुनै नेपाली फिल्मले सोलो रिलिजको अवसर पाउनु भनेको चिट्ठै पर्नु बराबर हो । वर्षमा ५२ हप्ता हुन्छ । तर, वर्षेनी सयको आसपासमा फिल्म प्रदर्शन हुने गरेका छन् । जसले गर्दा एकाध फिल्मबाहेक अरुले सोलो रिलिज पाउँदैनन् । हरेक हप्ता दुईभन्दा बढी फिल्मबीच भिडन्त हुने गरेको छ । सोलो रिलिजमा हल संख्या र दर्शक बाँडिँदैन, जसको प्रत्यक्ष प्रभाव फिल्मको व्यापारमा पर्छ ।

सोलो रिलिज पाउँदा फिल्म कमजोर नै भए पनि व्यापार केही हदसम्म राम्रो हुन्छ । जाइरामा नायिका नम्रता श्रेष्ठ भिन्न अवतारमा प्रस्तु्त भएकी छिन् । अहिलेसम्म लभर गर्लको भूमिकामा प्रस्तुत हुँदै आएकी नम्रता यस चलचित्रमा भने एक्सन अवतारमा देखिने छिन् । चलचित्रमा उनले बक्सर खेलाडीको भूमिका निर्वाह गरेकी छिन् ।

आशुतोष श्रेष्ठ निर्देशित फिल्म ‘जाइरा’ मा नम्रतासँगै प्रमोद अग्रहरी, अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् । निर्देशक श्रेष्ठ र निरोज महर्जनले पटकथा तयार पारेका हुन् ।

About the author

Artist Sansar