सुन्तली र ज्योतीले गरे वे आउटको शाखा उद्घाटन

राजधानीको जमल स्थित विश्वज्योती मलमा संचालित “वे आउट लेडिज एन्ड जेन्स सलोन”ले आफ्नो दोश्रो शाखाको बिस्तार गरेको छ ।

https://artistnepal.com/

https://artistnepal.com/

"

राजधानीको जमल स्थित विश्वज्योती मलमा संचालित “वे आउट लेडिज एन्ड जेन्स सलोन”ले आफ्नो दोश्रो शाखाको बिस्तार गरेको छ । काठमाडौंको हाडिगाँउ ओरालोमा वाइ आउटले दोश्रो शाखाको बिस्तार गरेको हो । हास्यअभिनेत्री कुन्जना घिमिरे तथा गायिका ज्योति मगर लगायतका कलाकार तथा मोडेलहरुले यस् पार्लरको उद्घाटन गरेका हुन । ‘यो सैलुनको सुविधा निकै उत्कृष्ट लाग्यो । व्यवसायलाई समयअनुसार परिवर्तन गर्दै लैजानुपर्छ भन्ने कुरामा यसका संचालक निकै अगाडि रहेको मैले पाएँ । अथितिको रुपमा आएकी कलाकार कुन्जना घिमिरेले बताईन् । महिला तथा पुरुष दुबै बर्गलाई लक्षित गरेर खोलिएको यस् पार्लरमा ब्युटी सम्बन्धित सम्पूर्ण सेवाहरु उपलब्ध हुने बिगत १५ बर्षदेखी फेसन मेकअपमा सकृय रहेकी निर्देशक रोजी सिंह लुइटेलले बताउनु भयो । ब्युटिसियन तथा संचालक रोजी सिंहले सलोनमा फेसियल तथा स्किन सम्बन्धित स्तरिय सुविधा दिनेमा प्रतिबदता ब्यक्त गर्नुभयो । सैलुनमा कपाल काट्नुका साथै कलर, स्ट्रेट, फेसियल, फेस ब्लिज लगाएतका सुविधाहरु उपलब्ध छन् । ब्युटी तथा मेकअपमा भबिश्य खोज्नेहरुको लागि ट्रेनिङ पनि सुरु गरिएको संस्थापक निर्देशक बिजय लुईटेलले बताए