सप्तरीका बाढी पीडितलाई एमाजोन ईन्टरटेन्मेन्टले गर्‍यो राहत वितरण

Written by Artist Sansar

एमाजोन ईन्टरटेन्मेन्ट प्रा लि ले राहत वितरण गरेको छ ।

एक हप्ता भन्दा अगाडि सप्तरीमा अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित परिवारलाई एमाजोन ईन्टरटेन्मेन्ट प्रा लि ले  राहत वितरण गरेको छ ।
सप्तरी जिल्लाको बिभिन्न खोलालगायत विभिन्न नदीमा आएको बाढीले धेरै गाबिस प्रभावित भएका थिए । स्थानीय गरिब् एबम पिछडिएका मुस्लिम बस्तीका बासिन्दालाई एमाजोन ईन्टरटेन्मेन्टको सकृयतामा प्रत्येक ५० घरधुरीका प्रत्येक परिवारलाई १ १ केजीका दरले चिउरा, बिस्कुट, मन्जन तथा ब्रस, फुरुनदाना, दालमोठ, चिनी, प्रत्येक महिलाका लागि १ सेट कपडा, ५० वटा ब्ल्यान्केट, ५० कार्टुन वाइवाइ चाउचाउ। ५० कार्टुन पानी, ५० वटा ओछ्याउने लार्जफोम वितरण गरिएको थियो । एमाजोन संगै आर्टिस्ट नेपालले लत्ता कपडा वितरण गरेको थियो । राहत संकलनार्थ टि एम्बर्स ब्युटी सलोन एन्ड एकेडेमीले पनि सहयोग गरेको थियो ।
त्यहाँ करिब ५० घर परिवारलाई रु दुई लाख मूल्य बराबरको राहत साम्रगी वितरण गरिएको एमाजोन ईन्टरटेन्मेन्टमा निर्देशक कमल खतिवडाले बताएका छन ।
लत्ताकपडासहित औषधिसमेत बाँडेको कोरियोग्राफर हिमानी सुब्बाले बताईन । राहत बितरणकार्यमा जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीले सहयोग गरेको थियो ।

amazone Entertenment - rahat saptari flood artistnepal nava dhungel himani subba kamal khatiwoda (1) amazone Entertenment - rahat saptari flood artistnepal nava dhungel himani subba kamal khatiwoda (2) amazone Entertenment - rahat saptari flood artistnepal nava dhungel himani subba kamal khatiwoda (3) amazone Entertenment - rahat saptari flood artistnepal nava dhungel himani subba kamal khatiwoda (4) amazone Entertenment - rahat saptari flood artistnepal nava dhungel himani subba kamal khatiwoda (6) amazone Entertenment - rahat saptari flood artistnepal nava dhungel himani subba kamal khatiwoda (7) amazone Entertenment - rahat saptari flood artistnepal nava dhungel himani subba kamal khatiwoda (8) amazone Entertenment - rahat saptari flood artistnepal nava dhungel himani subba kamal khatiwoda (9)

About the author

Artist Sansar