एकलास ठाउँमा बेनिशा अचेत भएपछि

Written by Artist Sansar

सिनेम्याटोगाफ्रर अमृत सुनुवार तथा निर्देशक बिशाल भण्डारीको निर्देशनमा तयार हुनलागेको भिडियोमा अभिनेत्री बेनिशा हमाल…[+]

आर्टिस्ट नेपाल

कुनैकाम बिशेषले नयाँ ठाउँमा गएकी बेनिशा लडेर अचेत अवस्थामा हुन्छिन् । एक स्थानिय युबकले उनलाई देखेर आफ्नै घर लैजान्छन् र उपचार गराउदछन् ।तर सबै होस् उडेको बेनिशाको त्यसपछीको अवस्था र परिवर्तन के के हुन्छ ? यि सबैकुराहरु समाबेश गरिएको म्युजिक भिडियोको छायांकन सकिएको छ । फर्पिङको पौराणिक रमनिय स्थल पावर हाउस सेरोफेरोमा छायांकन गरिएको ‘आज फेरी उनको यादले…’ बोलको गीतलाई रेशम फेबोको शब्द तथा संगीतमा राजेश पायल राईले गाएका हुन् ।

लामो समयदेखि म्युजिक भिडियोमा उत्कृष्ट काम गर्दै आएका सिनेम्याटोगाफ्रर अमृत सुनुवार तथा भिडियोका सफल निर्देशक बिशाल भण्डारीको निर्देशनमा तयार हुनलागेको यस् गीतको भिडियोमा अहिलेको चर्चित मोडेल/अभिनेत्री बेनिशा हमालको साथमा कलाका सबै बिधालाई सँगै लैजाने उदेश्य बोकेका कलाकार सुभाष थोकरले अभिनय गरेका छन् ।

६ वटा गीत सङ्रहित हुने एल्बम “सुरुवात”मा रहने यस् गीत तथा एल्बम चाडैनै सार्वजनिक गरिने कलाकार सुभाश थोकरले जानकारी गराए ।

About the author

Artist Sansar