भिडियो रिलिज । सपनीमा देखेको मान्छे रियल लाईफमै पाएपछी

आर्टिस्टनेपाल डटकम अन्तर्गतको आर्टिस्टनेपाल प्रोडक्सनले निर्माण गरेको भिडियोमा रमेश तथा कबितालाई प्रस्तुत गरिएको छ…[+]

नवगायक बिजय थापाको गीत देखे तिमीलाई सपनीमा…. को म्युजिक भिडियो रिलिज भएको छ । जिनियस म्युजिकले बजारमा ल्याएको उनको “माई ड्रिम्स” एल्बममा सङ्रहित गीत बिभिन्न टेलिभिजन तथा अनलाईन मार्फत सार्वजनिक गरिएको हो ।

सानै देखी गीत गाउँने सपना देख्ने बिजयले आफ्नो ड्रिम्स पुरा भएकोले एल्बमको नामनै ड्रिम्स राखे । सङ्रहको लागि अन्य गितको काम भईरहेको छ , उनले भने । मेरो संगीतको पाईलामा जिनियस म्युजिकका रमेश पाठक , सङीतकार कल्याण सिंह र आर्टिस्टनेपाल डट कमले ठुलो साथ दिनुभएको छ । यसले मलाई झन हौसाला बढेको छ ।

यस् गीतको भिडियो युट्युबमा पोस्टगरेको दिन देखी हरेक दिन १००० भन्दा बढी भिजिटर थपिनेगरेका छन । भिडियो राम्रो बनेको प्रतिकृया आएकोले गायक हौसाला थपेको बताउछन ।

आर्टिस्टनेपाल डट कम अन्तर्गतको आर्टिस्ट नेपाल प्रोडक्सनले निर्माण गरेको भिडियोमा मोडेल रमेश तथा कबितालाई प्रस्तुत गरिएको छ । भिडियोलाई आर्टिस्ट नेपालका संस्थापक नव ढुङेलले निर्देशन गरेका छन । अमृत सुनुवारले छायांकन गरेका छन भने माधव बेल्बासेले सम्पादन गरेका छन ।

भिडियो पनि हेर्नुहोस् !

About the author

Artist Sansar