पापिनीले छाडे पछी चर्चित बनेका गायक

संगीतकार कल्याण सिंहको शब्द तथा संगीतमा तयार भएको गीत ‘पापिनीले छाडेर गईन’ चर्चित बनेपछी उनलाई संगीत प्रतिको आशा पलाएको छ

https://artistnepal.com/

https://artistnepal.com/

"

आर्टिस्ट नेपाल

प्रतिभशाली गायक सरोज साजन श्रेष्ठ संगीतमा पाईला चालेको त्यती धेरै भएको छैन । केही महिना अघी सफल संगीतकार कल्याण सिंहको शब्द तथा संगीतमा तयार भएको गीत ‘पापिनीले छाडेर गईन’ चर्चित बनेपछी उनलाई संगीत प्रतिको आशा पलाएको छ । संगीतमा निरन्तर लाग्ने सोचाईमा रहेका गायक सरोज पहिलो गीतनै सफल भएपछी दोश्रो गीत तथा भिडियोको तयारीमा रहेको बताउछन् । उनको नयाँ गीतलाई पनि कल्याण सिंहले नै शब्द तथा संगीत दिएका छन् ।

केही समय अघी सार्वजनिक गरिएको भिडियोलाई भने संचारकर्मी मोहनराज अधिकारीले निर्देशन् गरेका हुन् । प्रेममा बिछोडीएका जोडीको कथा समेटीएको उक्त म्युजिक भिडियोमा सुप्रिया कट्टुवाल, सरोज श्रेष्ठ र प्रतिक श्रेष्ठले मोडलीङ गरेका छन् । निसान घिमिरेको सम्पादन रहेको उक्त भिडीयो अमृ सुनुवारले खिचेका हुन । भिडियोमा गायक आँफैले पनि अभिनय गरेकाछन् ।