पूर्व जानु मार्फत सांगितिक आकाशमा प्रबेश

Written by Artist Sansar

नब गायक प्रबिण श्रेष्ठले आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन । उनले ‘पूर्व जानु’ बोलको गीतको भिडियो मार्फत आफ्नो पहिलो गीत सार्वजनिक गरेका हुन । उनले एसियन म्युजिकको अफिसियल युट्युब मार्फत सार्वजनिक गरेका हुन ।

गायक,संगीतकार तथा गीतकार जितेन लेप्चाको शब्द रचना र संगीतमा तयार भएको गीतलाई फरिन्द्र राइले संगीत संयोजन गरेका हुन । भिडियोमा गायक आँफैले मोडलिङ गरेका छन । उनलाई नायिका अनु शाहले साथ दिएकी छिन् । भिडियोलाई रंग फोटोपत्रकार श्रीधर पौडेल र बिनोद पोखरेलले छायांकन गरेका छन भने श्रीधरले निर्देशन गरेका छन । भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन ।

भिडियो हेर्नुहोस् ।

About the author

Artist Sansar