संगीतमा झरी पार्दै सुलभ

Written by Artist Sansar

नेपाली संगीतमा पछील्लो समय नयाँ पुस्ताका कलाकारले थुप्रै नयाँ प्रयोग गरिरहेका छन । संगीतमा नयाँ प्रयोगका साथै हिजोआज ट्रेन्ड पनि बदलिएको छ । गितहरु थिम र थेगोमा बन्न थालेका छ्न ।

केही फरक प्रस्तुतीका साथ गीत `झरी पर्यो´ सार्बजनिक भएको छ । गीतमा शब्द, संगीत र स्वर गायक सुलभ लोहनीको रहेको छ । यस गीत बोलचाली शब्द समाबेश गरेर लोक पप शैलीमा तयार भएको छ । गीतलाई अलमोडा राना उप्रेतीले गरेका छ्न ।

सुनिता मल्लको निर्माण तथा अनिल के मानन्धरले छायांकन गरेको यस गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन । सरोज यादवको निर्देशनमा तयार भएको गीतको भिडियोमा चर्चित तथा म्युजिक भिडियो अभिनयमा अब्बल मोडल अलिशा राई र प्रख्यात डान्स ग्रुप भिमफेदी गाइजको निकै उत्कृष्ट प्रस्तुती रहेको छ ।
भिडियो हेर्नुहोस् ।

About the author

Artist Sansar