आफ्नो गितमा आँफै मोडेल बने गायक सुजन

https://artistnepal.com/

https://artistnepal.com/

"

सुजन माईकल श्रेष्ठ हुनत उनी गायक हुन । कल्याण सिंहको रहेको ‘कारण’ बोलको गीत मार्फत संगीतमा पाईला टेकेका उनले नयाँ भिडियो दिन-रातनै गीतमा मोडेल झै प्रस्तुत भए । कोरियोग्राफर प्रसान्त तमाङले उनलाई केही दिन डान्स पनि सिकाए, केही कोरसहरुको साथमा।

आफ्नै गीतमा मोडेल झै प्रस्तुत भएका सुजनले मोडेलको रुपमा नौलो अनुभब लिएको बताए । सन्जित श्रेष्ठको शब्द तथा संगीतमा तयार भएको गीतमा ब्रिजेश श्रेष्ठले संगीत संयोजन गरेका हुन । श्रिस्टी र सोमिनले उनलाई मोडेलिङमा साथ दिएका छन भने छायांकन उत्शव दाहालले गरेका थिए । भिडियोलाई प्रबिण श्रेष्ठले सम्पादन गरेका छन भने रायन कार्कीले निर्देशन गरेका छन ।