एक दर्जन कलाकर्मीलाई नारायण गोपाल सम्मान

Written by Artist Sansar

यस वर्षको स्वरसम्राट् नारायण गोपालको स्मृति सम्मान वरिष्ठ संगीतकार एबं गायक श्री सि के रसाइली, गीतकार रत्न समशेर थापा, नगेन्द्र थापा , कालीप्रसाद रिजाल, किरण खरेल, माधवप्रसाद घिमिरे, भैरबनाथ रिमाल कदम, कन्चन पुडासैनीम दुर्गालाल श्रेष्ठ, चेतन कार्की, मन बहादुर मुखिया र यादब खरेललाई दिइने भएको छ ।

नारायण गोपाल संगीत कोषले वरिष्ठ गायक तथा संगीतकारलाई सम्मान गर्ने निर्णय गरेको कोषकी महासचिव उषा शेरचनले जानकारी दिइन् । मंसिर ३ गते बसेको कोषको बैठकले पुरस्कारबारे निर्णय गरेको हो । लामो समयदेखि गायक एबम संगीतकारको रुपमा नेपाली सांगीतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गायक सिके रसाईली तथा अन्य ११ जना गीतकारलाई सम्मान गरिन लागेको जनाइएको छ ।

नारायण गोपालको २७ औं स्मृति दिवसको अवसरमा मंसिर १९ गते कोषको प्राङगणमा आयोजना हुने विशेष समारोहमा सो सम्मान अर्पण गरिने कार्यक्रम छ । सम्मानमा २५ हजार रुपैयाँ र तामपत्र रहेको संगीत कोषले जनाएको छ । गत वर्ष सो सम्मान गायिकाद्वय ज्ञानु राणा र मिरा राणाले पाएका थिए ।

वि सं १९९६ असोज १८ गते जन्मिएका नारायण गोपालको २०४७ मङ्सीर १९ गते मृत्यु भएको थियो । उहाँको मृत्युपश्चात नारायणकी श्रीमती स्व. पेमला गुरुबाचार्यले नारायणका मित्र नगेन्द्र थापा र उनका शुभचिन्तक बसन्त चौधरी, फत्तेमान राजभण्डारी लगायतको सहयोगमा नारायण गोपाल संगीत कोषको स्थापना गरेकी थिइन् । कोष २०४८-२-८ मा बिधिवत रुपमा स्थापना भएको थियो ।

About the author

Artist Sansar