अहिलेको अवस्थामा म्युजिक कम्पनीको जरुरत छैन -गायक उर्गेन लामा

Written by Artist Sansar

आर्टिस्ट नेपाल

उर्गेन डि लामा एक सफल कलाकार हुन् । लगभग एक दशक अघिदेखी साँगीतीक क्षेत्रमा लागेका उर्गेन त्यो भन्दा अर्को एक दसक अघि थान्का आर्टिस्टको रुपमा चर्चा कमाईसकेका थिए । नेपालको टप १० थान्का आर्टिस्टमा पर्न सफल उर्गेन कुशल तबला बादक पनि हुन् । पछिल्लो एल्बम यार्शागुम्बाबाट राम्रै ख्याती कमाएका कलाकार उर्गेनले साँगीतीक यात्राका तितामिठा क्षणहरु आर्टिस्ट नेपालसंग साटेका छन् ।

लोक गीत तथा संगीतहरुको मौलिकता हराईरहेको अवस्थामा त्यस्को जगेर्ना गर्ने हिसाबले प्रत्यक एल्बम एक एक वटा छुटाछुटै भाषाका गीतलाई समाबेश गराउने योजनामा रहेका उर्गेन म्युजिक कम्पनी प्रती भने रुस्ट छन । गीत रेकर्डको खर्च कलाकार आँफैले बेहोर्नुपर्छ, त्यस पछी म्युजिक कम्पनीमा गए पछी कभर डिजाईन , प्रिन्ट, सिडी डबिङ र प्रमोसन कलाकार आँफैले खर्च गर्नुपर्छ । यो सबै खर्च गरे पछी म्युजिक कम्पनीको किन आबश्यक पर्‍यो र ? उनी प्रस्टाउछन । त्यस पछी आउने आफ्नै गीतको बिबिध रोयल्टीहरु पनि कम्पनीहरुले आधा खाएर मात्र गायकको हातमा आउने कुरा हुन्छ , त्यो पनि पैसा आउँदैन । यसैले अहिलेको अवस्थामा कम्पनीको जरुरत नै थान्दैनन् उनी । अहिले अधिकांस कलाकारहरु आँफै कम्पनी खोल्दै एल्बम निकाल्ने गर्छन् , आफुपनि त्यही बाटोमा हिंड्ने तरखरमा छन उनी ।

संगीतमा आउनेहारुको सानै देखिको सपना हुन्छ , ठुलो गायक बन्ने । नयाँ नयाँ हुँदा गायकलाई मुर्गाको रुपमा हेरिन्छ । अनी खर्च गर्दा गर्दा राम्रो कला भएकाहरु पनि पलायन हुन्छन , गायकलाई मुर्गाको रुपमा लिने कम्पनीहरु नै अगाडि छन, यसैले राम्रो प्रतिभाहरुलाई आफ्नै खर्चमा गित रेकर्ड गराई भिडियो पनि निर्माण गर्ने उनको सपना छ । कुराकानीको क्रममा उनी भन्छन – कति गायक जस्तै मैले पनि असहयोग भोगेको छु , साधाना गर्ने कला साधकहरु लाई सहयोग गर्ने बातावरण बनोस , यसकै लागि म मेरो बाँकी भएको समय लगाउछु । संगीत नसानै बनेको छ, यसलाई निरन्तरता पनि दिनेछु ।

About the author

Artist Sansar