‘भ्यालेन्टाईन डे’ मा गायक रक्की लामाको ‘मेरो मन’ सार्वजनिक

https://artistnepal.com/

https://artistnepal.com/

"

गायक रक्की लामा ‘भ्यालेन्टाईन डे’को अबसर पारेर आफ्नो पहिलो मर्मस्पर्शी गीत ‘तिम्रो मन ‘ सार्वजनिक गरेका छन । यस् गीतको भिडियोमा बिक्रम थापाले शब्द तथा संगीत प्रदान गरेका छन । गीत बिशन मानन्धरको संगीत सम्योजनमा तयार भएको हो ।

३ बर्षसम्म लगातार नृत्य गरेका रक्की बाल्यकालदेखीकै गायक बन्ने सपनाले नृत्यलाई छाडेर गायनमा प्रबेश गरेको बताउदछन । संगीतगुरु बिपिन सुब्बा सँग संगीतको कखरा सिकेका रक्की छिट्टै नै आफ्नो पहिलो एल्बम सार्वजनिक गर्ने तयारी पनि गर्दैछन । उनलाई संगीतमा वाईल्डलाईफ फोटोग्राफर कृष्ण प्रजापतीले पनि धेरै नै सपोर्ट गरेका छन ।

सिन्धुपाल्चोक अत्तरपुर स्थाई घर भएका तिब्बतियन आर्टका आर्टिस्ट समेत रहेका रक्कीको यस् गीतको भिडियोमा पुर्ण मोक्तान र अन्जली घिसिङले तारिफयोग्य अभिनय गरेका छन । भिडियोका कलाकारलाई अनिता ग्वाचाले मेकअपमा साथ दिएकी छिन् ।

भिडियोमा मायामा हुने मिस अन्डरस्ट्यान्डिङ ले निम्ताएको घटनाक्रमलाई देखाउन खोजिएको छ । भिडियोलाई अमृत सुनुवारले छायांकन गरेका छन भने माधव बेल्बासेले सम्पादन गरेका छन । भिडियोलाई आर्टिस्ट नेपालका प्रधान संपादक नव ढुंगेलले निर्देशन गरेका हुन । निर्देशक ढुंगेलका झन्डै १०० को हाराहारीमा भिडियो अाइसकेका छन ।