भ्यालेन्टाईनमा डिजाईनरकै फेशन शो

Written by Artist Sansar

एक दशक देखी फेशन डिजाईन कोर्स पढाउदै आएको दि कृयसन- स्कुल अफ फेशनले आगमी बुधवार, फेब्ररी १३ मा फेशन शो को आयोजना गर्न लागेको छ । उक्त कलेजमा अध्ययनरत डिजाईनरहरुले तयार पारेको आकर्शक डिजाईनमा डिजाईनरहरु आँफै र्याम्पमा उत्रनेछन ।

११ जना डिजाईनरले आफ्नो प्रेम दिवशको पूर्व सन्ध्यामा रातो रङ मिश्रित आकार्शक पहिरन तयार पारेको आयोजक संस्था दि कृयसनका निर्देशक मनिता थापाले बताउनु भयो । उक्त फेशन कम्पिटिसनमा डिजाईनारहरु पुनम मगर, प्रिया महता, अर्चना कुंछा मगर, रितु गुरुङ, अस्मिता सुनार, बिना थापा, रोहिनी त्याटी, जबा श्रेष्ठ, ज्योति अग्रवाल, संगिता पंडित , मेनुका भट्टराई र दिपा थपलिया रहेका छन । ठमेल स्थित मा फरेनहाईट क्लबमा दिनको १ बजे सुरु हुने उक्त कार्यक्रममा निर्णायकहरुले उत्कृष्ट डिजाईन पनि छनौट गर्ने छन ।

About the author

Artist Sansar