फेशन नोभाका मोडेललाई प्रशान्त ताम्राकारको ट्रेनिङ

Written by Artist Sansar

‘ईन्सिटियुड अफ फेशन डिजाईन-द कृयसन’ले अन्नपूर्ण होटेलमा आयोजना गर्न लागेको फेसन शोमा छनौट भएका मोडलहरुका लागि चर्चित मोडल तथा कोरियोग्राफर प्रशान्त ताम्राकार तथा मोडल रक्षा श्रेष्ठले मोटिभेसनल ट्रेनिङ तथा मोडल सुट ग्रुमिङ ट्रेनिङ दिएका छन । उक्त शोको लागी २० जना मोडल अडिसन मार्फत छनौट भएका थिए ।

आयोजक संस्थाकी अध्यक्ष मनिता थापाले फेशन डिजाईन क्षेत्रलाई प्रवद्र्धन तथा व्यवसायिकरुपमा विकास गर्न शो आयोजना गर्न लागिएको बताईन ।
fashion nova- the creation - nepali models
यस् शो को लागि ९ जना ‘ईन्सिटियुड अफ फेशन डिजाईन-द कृयसन’मा डिप्लो कोर्स गरेका डिजाईनहरुका डिजाईन प्रस्तुत गरिनेछ । उक्त शोका लागि निशा सिंह, मेनुका भट्टराई, जिवा श्रेष्ठ, संगिता पंडित, ज्योति अग्रवाल, बिना थापा, शर्मिला न्यौपाने, जमुना नेपाली, निर्माया स्याङतान र सजिना बिष्टले आकर्शक डिजाईनहरु तयार पार्दैछन । डिजाईनरहरुले शोको लागी ७ थेममा बिशेष डिजाईन तयार गर्दै छन जसमा ब्ल्याक टु ब्ल्याक, बार्बी गोज टु बजार, लभ्ली लेयर्स, समर अफ लभ, आर्टिस्टिक, ब्राईडल र कक्टेल वेरका बिशेष डिजाईन हुनेछन । ७ जना सेलीब्रेटीहरु उक्त ७ वटा थेमको सिकईन्स स्टपर्सको रुपमा प्रस्तुत हुनेछन भने रुबी राणा शो स्टपर्सको रुपमा प्रस्तुत हुनेछिन । शो लाई मोडल बिपना थापाले कोरियोग्राफी गर्दैछिन भने मेकअप आर्टिस्टको रुपमा निलम पौडेल रहनेछिन । शो जेष्ठ २५ गते शुक्रबार अन्नपूर्ण होटेलमा आयोजना हुनेछ ।

फेशन डिजाईनिङ सिकाउदै आएको दि कृयसनको यो शो सातौ संस्करण हो । दि कृयसन अन्तर्गत ३ महिने ईन्टेसिभ कोर्स, ६ महिने फाउन्डेसन कोर्स, १ बर्षको प्रोफेसनल कोर्स, २ बर्षको एड्भान्स कोर्स लगायतका उपलब्ध छन ।

About the author

Artist Sansar