शेर खान अभिनित “बैगुनी सीत किन माया लाए ” गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

Written by Artist Sansar

व्यबसायी तथा मोडल शेर खान अभिनित नवगायक अंकित गोयल स्वरवद्ध “बैगुनी सीत किन माया लाए ” बोलको निकै मर्मस्पर्शी गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ  ।

स्व.नरराज ढकाल तथा उनका सुपुत्र प्रभुराज ढकालको रचना र संगीत स्वयं प्रभुराज ढकाल रहेको  भिडियोमा शेरखान लाई साथ दिएकी छिन मोडल नबिना श्रेष्ठले । भिडियोको छायांकन मोहन कुमारले गरेका छन , त्यसैगरि भिडियोलाई सह निर्देशनको रुपमा साथ दिएका छन टेकराज लङ्गालीले भिडियो निर्देशन सम्पादन तथा कलर गरेका छन निर्देशक अनील कुमार मर्हजनले ।

उपत्यकाका त्रिभुवन पार्क लगायत बहु प्रतिभाका धनी मोडल तथा व्यबसायी शेर खान आफ्नो पुख्र्याैैली ब्यापार ढाका ब्यबसायलाई बिस्तार गर्दै ९ वटा शोरुम सफल रुपमा संचालन संगै संचार ,मोडलिङ क्षेत्रमा समेत फरक पहिचान बनाउन प्रयत्नरत छन ।

काठमाडौ डल्लुका स्थायी बासिन्दा शेर खान बिगत लामो समय देखि काठमाडौँ असन,भेडासिंह तथा न्यूरोड आसपास क्षेत्रमा नेपाली नेपालको पहिचानको पोशाक ढाकाको शोरुम संचालन गर्दै आएका  व्यापारी शेर खान व्यापार व्यबसायमा संलग्न भएर पनि समाजसेवामा उतिकै सक्रिय खान अभिनयमा समेत सशक्त रुपमा देखा परेका छन ।

ढाका व्यवसायका अलावा भिआईपी ईन्टरटेनमेन्ट नामक मिडिया कम्पनी मार्फत चलचित्र निर्माण,डकुमेन्टी निर्माण लगायत मिडिया सम्बन्धि काम गर्र्दै आएका खान नेपाली चलचित्रलाई भारत लगायत अन्य देशमा थुप्रै भाषामा डबिङ्ग गरि प्रचार प्रसार गरि बिश्वव्यापी बनाउने मुख्य लक्ष्य लिएर अगाडी बढेका खानका चर्चित गायक गायिकाहरु गीतहरुको थुप्रै म्यूजिक भिडियोहरु सार्वजनिक भैसकेका छन । समय अनुसार परिबर्तन हुदै गईरहेको नेपाली मोडलिङ क्षेत्रलाई थप ब्यबस्थित गरि अन्तराष्ट्रिय स्तरको बनाउन तथा यस क्षेत्रमा लाग्ने युवायुवतीहरुलाई हौसला प्रदान गर्दै उनीहरुको भविष्यको लागि कोशेढुंगा बन्ने सोच लिएका मोडल खान यस क्षेत्रको लागि एक इमान्दार, मेहनती र सक्षम व्यक्तिको रुपमा परिचित छन । देशको लागि केहि गर्नु पर्छ भन्ने उदेश्यका साथ अगाडी बढेका उर्जाशील युवा खानको निरन्तर म्यूजिक भिडियो सार्वजनिक हुने क्रममा छ ।

म्यूजिक भिडियो :

About the author

Artist Sansar