शुशिला पाठकको ‘सप्तरंगी’ बिमोचन

Written by Artist Sansar

सुन्दरी गायिका शुशिला पाठकको प्रतिक्षित पहिलो गीति एल्बम ‘सप्तरंगी’ को भब्य समारोह बीच बिमोचन गरिएको छ ।

सुन्दरी गायिका शुशिला पाठकको  प्रतिक्षित पहिलो गीति एल्बम ‘सप्तरंगी’ को भब्य समारोह बीच बिमोचन गरिएको छ । अतिथिहरु बरिष्ट गायिका मिरा राणा, संगीतकार शिला बहादुर मोक्तान, चर्चित गायिका कुन्ती मोक्तान, संचारकर्मी शान्ति प्रिय, कलाकार निर्मल शर्मा, गायिका सुक्मित गुरुङ तथा संचारकर्मी लब कार्कीको विशेष उपस्थितमा सम्पन्न बिमोचन  समारोहमा गायक गायिका,कलाकार तथा पत्रकारहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । एल्बम बिमोचन कार्यक्रममा अतिथिहरुले गायिका शुशिलाको पहिलो एल्बम ‘सप्तरंगी’ को प्रसंसा गरे । ग्लोबल गोर्खा नेपाली परिषदका अन्तराष्ट्रिय अध्यक्ष एकराज नेम्बाङले गायिका पाठक र गीतकार विष्णु गुरुङको खुलेर प्रशंसा गरे ।

गायिका, कुन्ती मोक्तान र सुकमित गुरुङले फेसबुकमा देखिएकी शुसीलालाई नायिका र गायिका दुवै रुपमा पाएको बताउँदै भबिष्य उज्वल रहेको बताए । गायिका मिरा राणाले संगीतमा शास्त्रीयतालाई ध्यान दिदैं निरन्तर साधन गर्न सुझाइन् । त्यस्तै बरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानले सुशीलाको उज्वल रहेको बताए । उनले निरन्तरता र मेहेनतलाई प्राथमिकता दिन सुझाव दिए । मोक्तान सुशीलाका संगीतका गुरु समेत हुन ।

सप्तरंगी एल्बममा पांचवटा गीतहरु रहेको र दुइवटा ट्रयाक रहेका छन् जसमा शब्द बिष्णु गुरुङ, शान्ति प्रिय, सन्तोष पोखरेल र बिशाल पौडेलको रहेको छ ।

त्यसैगरी शिला बहादुर मोक्तान, मनोजराज शिवाकोटी, दिपक शर्मा, करणराज कार्की तथा बिशाल पौडेलको संगीत रहेको छ ।

उक्त अवसरमा सोहि एल्बमको पहिलो नम्बर गितमा रहेको ‘हलक्क ज्यान बढ्यो रे’  नामक गितमा बनेको म्युजिक भिडिओ समेत लन्च गरिएको थियो जसमा नब मोडल भुपेन पाठक तथा नायिका रिमा विश्वकर्माको बेजोड अभिनय रहेको छ । आफ्नो यस पहिलो एल्वमका गीतहरुले दर्शक स्रोताहरुको मन जित्ने विश्वास लिएकि गायिका सुशीलाले ‘सप्तरंगी’ नेपाली सांगीतिक आकाशमा सप्तरंगी झैँ फैलिएर सफल हुनेमा  बिस्वस्त भएको बताइन् ।

उनले आफ्नो पहिलो एल्बम भएकोले दर्शक तथा श्रोताहरुले सुनिदिएर, हेरेर प्रतिक्रिया दिन अनुरोध गरिन् । विमोचन समारोहमा उनले गीत समेत प्रस्तुत गरिन् ।  शुसीलाकी आमाले छोरीको सफलताको प्रशंसा गरिन् । कार्यक्रममा उपस्थित अधिकांशले सुशीलालाई नायिका र गायिकाका रुपमा चित्रण गरेका थिए ।

About the author

Artist Sansar