सुसेरीबाट चर्चा बटुल्दै रोशन

Written by Artist Sansar

रोशन श्रेष्ठले “सुसेरी” एल्बम बजारमा ल्याएका छन् । एसियन म्युजिकले बजारमा ल्याएको “सुसेरी” एल्बममा पप शैलीका गीत छन् ..[+]

आर्टिस्ट नेपाल

नेपाली संगीतलाई उचाईमा पुर्याउने उदेश्यले प्रकाशित “म्युजबज” म्यागजिनका प्रधान सम्पादक तथा प्रकाशक रोशन श्रेष्ठले “सुसेरी” एल्बम बजारमा ल्याएका छन् । एसियन म्युजिकले बजारमा ल्याएको “सुसेरी” एल्बममा पप शैलीका गीत छन् । ५ वटा गित सङ्रहित एल्बमको स्वार्थी गीतलाई नबक्रान्ती ब्याण्डका मनिष गोदारको शब्दसंगीत, किन मायामा बोलको गीतमा नकुल कार्कीको शब्द संगीत र अन्य ३ गित- यो मन, सोचाईमा र सास लाई रोशन आफ्नै शब्द संगीतले सजाएका छन् ।

२०६३ सालमा सोचिहेर गीत रेकर्ड गराएर संगीतमा प्रबेश गरेका रोशनले पछिल्लो एल्बमको सुसेरी… र यो मन.. बोलको गीतको भिडियो पनि सार्वजनिक गरेकाछन् ।

बिभिन्न रेडियो तथा टेलिभिजनहरुमा तहल्का पिटिरहेको उनको पछिल्लो भिडियो यो मन… गितको शब्द र संगीत उनले आँफैले दिएका हुन् । दिनेश श्रेष्ठको एरेन्जमा तयार भएको उक्त गितको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस् !

About the author

Artist Sansar