समिरको तेश्रो कोशेली “बडा गजबको” सार्वजनिक

Written by Artist Sansar

गायक, गीतकार तथा संगीतकार समीर आचार्यको तेस्रो एल्बम ‘बडा गजबको’ विमोचित भएको छ …[+]

आर्टिस्ट नेपाल
गायक, गीतकार तथा संगीतकार समीर आचार्यको तेस्रो एल्बम ‘बडा गजबको’ विमोचित भएको छ । एल्बमको विमाचन अतिथीहरु क्रमश: भरत शाक्य, डा. गोविन्द आचार्य (समिरका पिता), अभिनेत्री दिया मास्के, गायिका कोमल वली, गायक समिर र संस्कृत विद् शिव कुमार सुवेदीले सामुहिक रुपमा विमोचन गरेका थिए । भने भिडियो सार्वजनिक भने पत्रकारहरु नरेश भट्टराई, सुशिल नेपाल लगायतले विमोचन गरेका थिए ।

दाङ जिल्लाको लक्ष्मीपुर गाविसमा जन्मिएका गायक समिरले एल्बम विमोचन समारोहमा बोल्दै आफु बाल्यकालदेखि नेपाली गीतसंगीत मन पराउने हुनाले यही क्षेत्रमा केही योगदान गर्छु भन्ने चाहनाले आएको बताए । आफ्नै बुबा डा. गोविन्द आचार्यले लोकसंगीत तथा साहित्यमा विद्यावारिधी गरेका कारणले पनि आफुलाई यस क्षेत्रमा लाग्न हौसला मिलेको बताए । आफुले पहिलो एल्बम ‘जुन’ २०५४ सालमा म्युजिक नेपालबाट ल्याएको बताउदै पहिलो रेकर्ड भएको गीत ‘ओठमा लाली ए काली काली’ बोलको गीत रहेको बताए ।
अध्ययनको सिलसिलामा आफुसन् २००८ मा अस्ट्रेलिया गएको र काम गर्दै अध्ययनलाई पनि अगाडि बढाउनु पर्ने भएकोले दुई वर्ष गीतसंगीतमा केही गर्न नपाएको बिमोचन कार्यक्रममै बताए । तर सन् २०१० पछि चाहिँ संगीतमा सक्रिय रुपले लाग्न थालेको र सन् २०१२ मा मैले ‘तरज’ नामक अर्को एल्बम अस्ट्रेलिया बस्दै रिलिज गरेको बताए । सो एल्बम बिक्रीबाट आएका सबै रकम कसैलाई सहयोग गर्ने बताए अनुरुप अहिले उक्त ५० हजार रुपैयाँ रकमबाट ‘राष्ट्रिय साहित्य परिषद दाङ’मा एउटा अक्षयकोष सुरु गरी ‘पदम रुपसा प्रज्ञा पुरस्कार’ स्थापना गरिएको समेत गायक समिरले बताए ।

अस्ट्रेलिया बसेर गीतसंगीत सिर्जना गरिरहेकै अवस्थामा आफुले तयार पारेको तेस्रो एल्बम ‘बडा गज्जबको’ निकै महत्वकांक्षी भएकोले विमोचनको लागि नेपाल नै आएको बताए । एल्बम विमोचनसँगै भिडियो सार्वजनिक कार्यक्रममा एउटा भिडियोपनि देखाइएको थियो । एल्बमको शिर्ष गीत ‘बडा गजबको’ बोलको गीतको म्युजिक भिडियो देखाइएको थियो । त्यस्तै गायक समिर आचार्यले कार्यक्रममै सो गीत गाएका थिए ।

यो एल्बममा लोकपप तथा लोकआधुनिक गरी ५ गीत समावेश गरिएको छ । यसमा शीर्षक गीत भने लोकराज अधिकारीको शब्द रहेको छ । यस एल्बमलाई फुुर्सद डटकमको सहकार्यमा हार्मुनी सारेगमले बजारमा ल्याएको हो । यस एल्बमबाट पनि बिक्री भएका सबै रकम पुरस्कार कोषमै लगाइने कार्यक्रममै बताइएको थियो । यस्तै मेरो कम्पोजिसनमा भारतमा जन्मिएका नेपाली शैलेश शर्माको अर्को एल्बम ‘मैखाना’ को काम पनि भइरहेको गायक समिर आचार्यले बताएका थिए ।

About the author

Artist Sansar