युवा गजलकार सुरेश वाग्लेको ‘तिमी साथ भएपछि’ बिमोचित

Written by Artist Sansar

युवा गजलकार सुरेश वाग्लेद्वारा रचना गरिएको गजल संग्रह ‘तिमी साथ भएपछि’ काठमाडौंमा विमोचन गरिएको छ । संगीतकार राजु सिंह, संगीतकार शक्ति वल्लभ, संगीतकार लक्ष्मण शेष, अभिनेता सरोज खनाल, प्रा.डा.घनश्याम परिश्रमी, गायक उदय सोताङ, गीतकार करुण थापासहितका व्यक्तित्वले उक्त एल्बम सार्वजनिक गरेका हुन् ।

अमेरिकामा बसोबास गर्दै आएका युवा गजलकार सुरेश वाग्ले गीत–गजलको क्षेत्रमा पुरानो नाम हो । डेढ दशकअघि नै गजलप्रति रुची भएका साथीहरुलाई भेला पारेर आफ्नै नेतृत्वमा ‘गजल गृह नेपाल’ स्थापना गर्ने गजलकार वाग्लेले आज गजलहरुको संग्रह नै सार्वज्निक गरेका हुन् । उक्त एल्बमको उत्पादन गजल गृह नेपालले नै गरेको हो ।
Timi Sath Bhaye pachi
आज सार्वजनिक गजल एल्बम ‘तिमी साथ भएपछि’ मा दश वटा गजलहरु समावेश गरिएका छन् । गजलकार वाग्लेले झन्डै एक दशक अघिदेखि रचना गरेका गजलहरुलाई यो एल्बममा समावेश गरिएको छ ।

एल्बमका गजलहरुमा उदय सोताङ, मनिला सोताङ, शिव परियार, अञ्जु पन्त, मनोजराज, हरि लम्साल, टिका प्रसाईं, मदन गोपाल तथा नेपाल आईडल बुद्ध लामाको स्वरलाई समावेश गरिएको छ । हरि लम्साल, शिव परियार, मनोज राज तथा किरण श्रेष्ठले ती गजलहरुलाई संगीतबद्ध गर्नु भएको छ । ती गजलहरुमा गोपाल रसाइली, किरण कंडेल, रिकेश गुरुङ, सचिन सिंह, रिदम कंडेल तथा पाकिस्तानी संगीतकर्मी इमाद रहमानको संगीत संयोजन छ ।

विमोचन समारोहमा एल्बममा समावेश गायक शिव परियारको स्वरको ‘फूलमा…’ शीर्षकको गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो ।
Timi Sath Bhaye pachi_2

About the author

Artist Sansar