चलचित्र म्हेन्दूको शुभमुर्हुत, ५ भाषामा निर्माण गरिने

Written by Artist Sansar

चलचित्र म्हेन्दूको शुभमुर्हुत गरिएको छ । मारोन मुभी एण्ड इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र म्हेन्दूको राजधानीमा एक कार्यक्रमबीच सुभमुर्हुत गरिएको हो ।

पर्यटनमन्त्रि रबिन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा चलचित्रको सुभसाईत गरिएको हो । शुभमुर्हतमा मन्त्रि अधिकारीले चलचित्रको क्ल्याप हानेका हुन् । कार्यक्रममा बोल्दै माननीय पर्यटनमन्त्रि अधिकारीले ‘नेपाली मौलिक जनाजिबिकालाई उठान गर्ने यो चलचित्र चलचित्र जगतमा कोसेढुङ्गा साबित होस्’ भन्ने सुभकामना ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै बरिष्ट अभिनेता निर शाह, चलचित्र निर्माता संघका अध्यक्ष्य आकाश अधिकारी, ब्यबसायी अस्मिता सुमार्गी लगायतका व्यक्तित्वहरुले चलचित्रको सफलताको शुभ-कामना दिए ।

‘म्हेन्दू’ हिमाली दुर्गम भेगमा बसोबास गर्ने शेर्पा जाति र तल्लो भेगमा बस्ने आर्यन समुदायबीचको भावनात्मक सम्बन्ध उठान गर्ने मौलिक नेपाली चलचित्र हो । चलचित्रमा जनमानसमा भइपरी आउने दैविक प्रकोपको पीडा अनि त्यस समुदायमा ब्याप्त अन्धबिस्वास र रुढीबादी चिन्तनलाइ प्रस्तुत गरिने चलचित्रका लेखक तथा निर्देशक देव नेपालले बताए । म्हेन्दू शब्दलाई राम्री, प्यारी अथबा सुन्दर युवतीलाइ जनाउने विशेषणको रुपमा उपल्लो डोल्पामा बसोबास गर्ने शेर्पासमुदायले प्रयोग गर्छन ।

चलचित्रको छायाँकन हिमाली जिल्ला डोल्पाको सेफोक्सुण्डो देखि माथिल्लो भेग कान्जिरोवा हिमाल पारी (उपल्लो डोल्पा)मा अबस्थित बिश्वकै सबै भन्दा अग्लो स्थानमा गरिने निर्माणसंस्थाले जनाएको छ ।

यस चलचित्र मार्फत नवनायक भोला तिमल्सिना र रमेश सोढारी डेब्यु गर्दै छन् । सोनु राई चलचित्रको नायिका हुन् । एसराज कुमार, बिन्दा थिङ, कालु राना, चन्द्रमणि मुडभरी, बाबुराम शाक्य, लक्ष्मण देबकोटा, किशोर खतिवडालगायतका कलाकारको चलचित्रमा अभिनय रहने छ ।

चन्द्रमणि मुडभरी कार्यकारी निर्माता रहेको यस चलचित्रमा बुद्धिमान तामाङ र दुर्गा साहारा खड्का सह निर्माता रहेका छन् । सुदिप डोटेलको प्रस्तुति चलचित्र म्हेन्दू २०७५ बैसाख पहिलो हप्ताबाट फ्लोरमा जाने छ । रोहित बिक्रम कार्कीले चलचित्रलाइ छायाँकन गर्नेछन । चलचित्र करिब १ करोड २५ लाखको लागतमा निर्माण हुने जनाइएको छ ।

चलचित्रका गीतमा पुरुषोत्तम पौडेल रसुवा, बिमल डाँगी र सरोज कोइरालाको शब्द, कुमार लामा योञ्जन, बिमल डाँगी र सरोज कोइरालाको सङ्गीत अनि बिध्या तिवारी, कुमार लामा र सरोज कोइरालाको स्वर रहने छ । चलचित्र भाद्रको अन्त सम्ममा सार्बजानिक प्रदर्शन गरिने निर्माणपक्षको दाबी छ । नेपाली, अङ्ग्रेजी, जापानीज, भोजपुरीभाषामा चलचित्रको डबिङ्ग गरि अन्तर्रास्ट्रिय स्तरमा प्रदर्शन गरिने समेत आयोजकले कार्यक्रममा जानकारी गराए ।

About the author

Artist Sansar