असार २४ मा गायक सुरेन्द्रको एकल सांझ

Written by Artist Sansar

असार २४ गते ठमेलस्थित थर्ड आई थियटरमा आफ्ना विभिन्न प्रस्तुतीहरु लिएर स्रोतामाझ प्रत्यक्ष आउने भएका छन्

गायक तथा सङ्गीतकार सुरेन्द्र श्रेष्ठले एकल साँझ गर्ने भएका छन् । उनले असार २४ गते ठमेलस्थित थर्ड आई थियटरमा आफ्ना विभिन्न प्रस्तुतीहरु लिएर स्रोतामाझ  प्रत्यक्ष आउने भएका छन्। उक्त कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरु प्रस्ततु गर्नेछन् । दुई दशक भन्दा लामो समयदेखी सङ्गीत क्षेत्रमा क्रियाशिल श्रेष्ठका स्वरमा तीन दर्जन भन्दा गीतहरु दर्शक–स्रोता माझ आएका छन् । त्यस्तै उनले १सय ५० भन्दा बढी गीतमा सङ्गीत भरेका छन् । गायक  एवं सङ्गीतकार श्रेष्ठको यो पहिलो एकल साँझ हो । उनी गायक, गीतकार, सङ्गीतकार तथा एरेन्जर पनि हुन ।

10417484_881449158548779_2411204835723151310_n

पछिल्लो पुस्ताका युवाहरु माझ लोकप्रिय संगितकार एवं गायकको रुपमा आफ्नो पहिचान वनाउदै आएका श्रेष्ठ एकल सांझमा आफ्ना चर्चित गितहरु तथा हालसम्म श्रोता दर्शकले रुचाएका एवं केहि नयां स्वाद पनि पस्कने तयारीमा छन् । उनले संगित भरेका केहि लोकप्रिय गितहरुको भिडियो सार्वजनिकको तयारीमा समेत रहेको छ ।

About the author

Artist Sansar