किरण केसीको जन्मदिनमा सम्मान सहित विभिन्न कार्यक्रम

Written by ArtistNepal News

किरण के.सी.ले आज एक समारोह आयोजना गरेर आफ्नो ६० औं जन्मोत्सव मनाएका छन् ।

हास्य कलाकारिता क्षेत्रका एक ख्यातिप्राप्त अभिनेता किरण के.सी.ले आज एक समारोह आयोजना गरेर आफ्नो ६० औं जन्मोत्सव मनाएका छन् । हास्यव्यङ्ग र नृत्य प्रस्तुतिहरुका साथ मनाएको जन्म दिनको कार्यक्रममा विभिन्न कलाकारहरु र एक जना चलचित्र पत्रकारलाई सम्मानित गरिएको छ । कार्यक्रममा सम्मानित हुने पत्रकार विजयरत्न तुलाधरलाई नगद दस हजार रकम र प्रमाणपत्र सहित सम्मानित गरिएको थियो भने अग्रज हास्य कलाकार रमेश के।सी। मट्टारेलाई पनि नगद राशी दस हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
विगत केही वर्ष यतादेखि यसरी आफ्नो जन्म दिन असार १५को अवसर पारेर एक जना पत्रकार र कलाकारलाई नगद राशी सहित सम्मानित गर्दै आएका कलाकार किरण के।सी।ले यो वर्ष भने टेलिभिजन जगतबाट लय संग्रौला, लोक दोहोरी जगतबाट रामप्रसाद खनाल र म्युजिक भिडियो जगतका राज के।सी।लाई पनि सम्मानपत्र अर्पण गरे । हास्य अभिनेता किरण के.सी.को जन्मोत्सवको अवसरमा आयोजित आजको कार्यक्रममा रेडियो अडियोको तर्फबाट प्राप्त केक पनि काटिएको थियो । समारोहमा वरिष्ठ व्यक्तित्वहरु नीर शाह, गौरीशंकर धुंजु अनि हास्य जगतमा ख्याति कमाएका व्यक्तित्वहरु सन्तोष पन्त, शिवहरि पौडेल, मनोज गजुरेल, राजाराम पौड्याल, शैलेन्द्र शिम्खडा, बसुन्धरा भुसाल र ‘आमा’चलचित्रका अभिनेत्री द्वय चैत्य देवी र भुवन चन्द, अभिनेता भुवन के.सी,सुरेन्द्र केसी, मनोज आचार्य सङ्गीतकार चेतन सापकोटाका  जस्ता कलाकारकर्मिहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा गायक तथा कलाकार यमन श्रेष्ठले आफ्नो लोकप्रिय गित प्रस्तुत गरेका थिए । आर्टिष्ट नेपालको तर्फबाट  ढुंगामा अकिंत उनको तस्वीर  मायाको चिनो तथा शुभकामना दिईएको  थियो ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।