fbpx

पहिलो गीत कारणको चर्चा कायम राख्न धड्कन ल्याउदै सुजन

Written by Artist Sansar

सुरुमै पाएको यो सफलतालाई कायम राख्न सुजनले ‘धड्कन’ बोलको अर्को एक दमदार गीतको रेकर्ड पनि गराईसकेका छन…[+]

आर्टिस्ट नेपाल
पहिलो गीत बाटै पहिचान बनाएका गायक गायिका पाउन मुस्किल नै छ यति बेला । तर गायक सुजन माईकल भाग्यमानी नै छन यस् सबालमा । उनले पहिलो गीतको रुपमा सार्वजनिक गरेको ‘
कारण’ गीतले उनलाई गायकको रुपमा स्थापित मात्र गरेन, ईमेज अवार्ड’को १७ औं संस्करणमा उनी “बेस्ट न्यु आर्टिस्ट” को रुपमा पनि नोमिनेसनमा परेका छन ।
सुरुमै पाएको यो सफलतालाई कायम राख्न सुजनले ‘धड्कन’ बोलको अर्को एक दमदार गीतको रेकर्ड पनि गराईसकेका छन । प्रकाश क्षणिकको शब्द , कल्याण सिंहको संगीतमा तयार भएको गीतले उनी आफु पनि आशाबादी रहेका छन । तिहार लगत्तै म्युजिक भिडियो निर्माण गर्ने सोचाई राखेका सुजनले यस् गीतको भिडियोको जिम्मा ‘आर्टिस्ट नेपाल प्रोडक्सन‘लाई दिएका छन । जसलाई आर्टिस्ट नेपाल डट कमका संचालक नव ढुङेलले निर्देशन् गर्दै छन ।

SUBSCRIBE ARTISTNEPAL TV

About the author

Artist Sansar