मनीषाको आवाजमा पार्वती राई हट अबतार [भिडियो सहित]

पार्वती राइ उसो त हट मोडेलको रुपमा चर्चित छिन्, उनको यसै ट्यागमा अर्को भिडियो पनि थपिएको छ …[+]

https://artistnepal.com/

https://artistnepal.com/

"

मोडल तथा लोक भिडियोकी नायिका पार्वती राइ उसो त हट मोडेलको रुपमा चर्चित छिन्, उनको यसै ट्यागमा अर्को भिडियो पनि थपिएको छ । गायिका मनिषा राईको स्वरमा सजिएको “सोह्र पुगि सत्र टेक्छु अब आउने सालमा” बोलको नयाँ म्युजिक भिडियो हट अबतारमा उत्रिएकी छिन् । निर्देशक जीवन शाहीले मोडल तथा नृत्यांगना पार्वती राईको कामुक नृत्य उक्त गीतको भिडियोमा प्रस्तुत गरेका छन्।

राकेश काफ्लेको शब्दमा उमेश सुब्बाको संगीत रहेको सो गीत तुलसी मन्जरी प्रिती भाग २ याल्बममा समाबेश भएको छ। CDM म्युजिक क्रियशनको प्रस्तुति र बजार ब्यबस्थापन रहेको उक्त गीतको भिडियोमा पार्वती राईसंग मोडल सुनिल गुरुङले केमेस्ट्री जमाएका छन्।