गायिका स्‍मृति पोखरेल मोडेल निर्जन थापासँगै म्युजिक भिडियोमा

Written by Artist Sansar

छोटो समयमै स्थापित गायिकाको रुपमा आफुलाई स्थापित गराउन सफल स्‍मृति यतिबेला भने भक्तपुरको रमणिय स्थानहरुमा मोडेल निर्जन थापासँग रोमान्स गरिरहेकी छिन्

अस्ट्रेलियामा बस्दै आएकी गायिका स्मृति पोखरेल यतिखेर नेपालमा छिन् । छोटो समयमै स्थापित गायिकाको रुपमा आफुलाई स्थापित गराउन सफल स्‍मृति यतिबेला भने भक्तपुरको रमणिय स्थानहरुमा मोडेल निर्जन थापासँग म्युजिक भिडियोमा प्रस्तुत भएकी छिन् ।  उनको नयाँ एल्बम “पपस्टार” मा सङ्रहित रहेको  ‘बिन्ती नभन’ बोलको गीतमा उनी म्यानहन्ट मोडेल निराजन सङ्ग भिडियोमा प्रस्तुत भएकी हुन ।

चर्चित संगीतकार कल्याण सिंहको संगीतमा तयार भएको गीत एडिए प्रोडक्सनको ब्यानरमा मोहनराज अधिकारीको निर्देशनमा छायाँकन भएको हो । यस् भिडियोलाई अमृत सुनुवारले खिचेका हुन । भिडियो चाडैनै सार्वजनिक गरिने निर्माण पक्षले बताएको छ ।
२०७१ मा साभार स्‍मृति एल्बम सार्वजनिक गरेर साङितिक दुनियाँमा प्रबेश गरेकी स्‍मृति युवाहरुको हर्टबिट गायिकाको रुपमा चिनिदैछिन ।

singer smriti pokharel

About the author

Artist Sansar