ह्वाट हाउस एसएलसी प्रिन्सेस २०१७ मा ४० प्रतियोगीहरु छनौट

Written by Artist Sansar

एसएलसी प्रिन्सेस २०१७ नामक कार्यक्रमको पहिलो अडिसन सम्पर्न भएको छ

आर्टिस्ट संसार , काठमाडौं ।
ह्वाट हाउस एसएलसी प्रिन्सेस २०१७ नामक कार्यक्रमको पहिलो अडिसन सम्पर्न भएको छ । उक्त छनौट कार्यक्रम वाट ४० जना प्रतियोगीहरु छनौट गरिएको छ । यसै वर्ष एसइइ परिक्षा दिएर वसेका छात्राहरुको सहभागिता रहने छात्राहरुको लागि मध्यनजर राखि उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
रोजीन शाक्यको कोरियोग्राफी रहने यस् प्रतियोगितामाको फाईनल असारको पहिलोे साता हुने आयोजकले वताएको छ । बिजेताले ताज उपाधि सहित नगद रु ५० हजार र उच्च शिक्षामा २ लाख वरावरको छात्रावृत्ति साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः ३० हजार र २० हजार नगद तथा उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न २१ विधामा पनि विजेता छनौट गरिनेछ ।

About the author

Artist Sansar