fbpx

बलिउडमा जम्दै शिखर सन्तोष, उंकोको संगीतमा बलिउड चलचित्रको गीत सार्वजनिक (अडियो)

Written by Artist Sansar

 

आर्टिस्टसंसार
नेपालका युवा संगीतकार शिखर सन्तोष नेपालमा मात्र नभई मुम्बई चलचित्र नगरि अर्थात बलिउडमा समेत उत्तिकै सक्रिय छन् ।

उनले हालसम्म थुप्रै वटा हिन्दी गित तथा चलचित्रमा आफ्नो संगीत दिइसकेका छन् ।

नेपाली गीत–संगीत सिर्जनामा समेत उत्तिकै सक्रिय रहने शिखर सन्तोषद्वारा संगीतबद्ध एउटा हिन्दी चलचित्रको गीत भरखरै सार्वजनिक भएको छ ।

बलिउडका लोकप्रिय गायक सोनु निगमको स्वरमा उक्त गीत रेकर्ड भएको हो । ‘तेरी चाहतोंका…’ शीर्षकको उक्त गीत हिन्दी चलचित्र ‘जुबान’ मा समावेश छ । उक्त चलचित्र प्रदर्शनको क्रममा छ ।

संगीतकार शिखर सन्तोषका अनुसार उक्त गीतमा सानी अस्लमको शब्द सुन्न सकिन्छ । उक्त गीतको अडियो भर्सनलाई संगीतकार शिखर सन्तोषले आफ्नै यूट्युब च्यानलबाटर्फत सार्वजनिक गरेका हुन् ।

-यस्तो छ उक्त गीत-

आर्टिस्टनेपाल अन्तर्गत ‘ ‘आर्टिस्ट नेपाल मिडिया नेटवर्क’बाट प्रकाशित।
(artistnepal.com मा कलाकारहरु आफैले आफ्नो  Artist Profile Pageसृजना गर्न सक्दछन , प्रयाश गर्नुहोस )

About the author

Artist Sansar