गीतकार दिलिप योञ्जनद्धारा ४२ परिवारलाई राहत सहयोग ।

काठमाडौं सम्बादाता ।
अहिलेको विषम परिस्थितिलाई मध्यनजर गरी अमेरिकामा बस्ने साहित्यकार दिलिप योन्जनले बिपन्न परिवारलाई राहत प्रद्धान गरेका छन । उनले काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नं १ र २ का अति विपन्न तथा मजदुर ३० परिवारलाई र सोमबार १२ परिवार गरी जम्मा ४२ परिवारलाई राहत प्रद्धान गरेका हुन। राहतको समन्वय साहित्यकार बिना थिङ र डोल्मा तामाङले गरेकि थिईन ।

उनले पहिलो पटक रु ६६ हजार ३ र दोस्रो पटक रु २६७५७ गरी जम्मा रु ९२७६० बराबरको राहत स्वरुप चामल, तेल र दाल वितरण गरेकोे जानकारी दिएका छन। लकडाउनले हुने खानेलाई प्रभाव नपारे पनि हुँदा खाने वर्ग भने मारमा परेका बताउदैँ साहित्यकार योन्जनले भने, ‘सरकारले दिएको राहत थोपा जस्तो बिलाउँदै गएको छ । त्यसैले मैले खल्तीबाट उनीहरुलाई सहयोग गरेको छु ।’

अमेरिका जहाँ कोरोनाको आतंक विश्वभरमै सबैभन्दा बढी छ, त्यस्तो खतरापूर्ण स्थानमा बसेर पनि आफनो मातृभुमी प्रतिको अगाढ माया र स्नेहको कारण अरुको दु:खमा मलम लगाउने कार्य गरेको उनले बताए । उनले यसअघि ०७२ को भुकम्पमा पनि राहत प्रदान गरेका थिए । भने, उनले असाय तथा अनाथ ६५ जना बालबालिकालाई शिक्षाको अभावमा कोही पनी बस्नु नपरोस भनेर विगत वर्ष देखी पूर्ण छात्रबृर्ति दिदै आएका छन ।

दिलिप योञ्जन तामाङ नेपाली साहित्यमा एक चर्चित गीतकार तथा मुक्तककारको रुपमा चर्चितछन्। उहाको थुप्रै साहित्यक कृतिहरु प्रकाशित छन् भने केहि गीति एल्बमहरु पनि बजारमा आइसकेकाछन् ।

आर्टिस्टनेपाल अन्तर्गत ‘ ‘आर्टिस्ट नेपाल मिडिया नेटवर्क’बाट प्रकाशित।
(artistnepal.com मा कलाकारहरु आफैले आफ्नो  Artist Profile Pageसृजना गर्न सक्दछन , प्रयाश गर्नुहोस )