सफलताको स्वाद चाख्ने सरोजको दृढता

Written by Artist Sansar

एकजना आशालाग्दा युवा प्रतिभा देखापरेका छन्– सरोजकुमार श्रेष्ठ…..[+]

नेपाली गीत–सङ्गीत क्षेत्रतर्फ यतिबेला युवा पुस्ताको आगमन बढ्दो छ । यसै क्रममा एकजना आशालाग्दा युवा प्रतिभा देखापरेका छन्– सरोजकुमार श्रेष्ठ । साङ्गीतिक नाम सरोज साजन श्रेष्ठ राखेका गायक सरोजले आफ्नो नाम र थरको बीचमा साजन राख्नुको अर्थलाई यसरी स्पष्ट पारे, ‘साजन भनेको साङ्गीतिक नाम हो । म आफूलाई म्युजिक लभर भएका कारण पनि यो नाम राखेको हुँ ।’

सरोजले ‘एस थ्री’ नामक एल्बम बजारमा ल्याइसकेका छन् । पाँचवटा गीत समावेश यो एल्बमको दुईवटा गीतको भिडियो बनाइसकेका उनलाई यो भिडियोले स्रोता–दर्शकमाझ रामै्रसँग चिनायो । ‘अहिले भिडियोकै जमाना रहेछ । आफू पनि जमानाअनुसार नै हिँड्नुप-यो नि,’ उनले बताए । युवापुस्ताका स्रोतामाझ परिचित सरोज अब निरन्तर रूपमा गीत–सङ्गीत क्षेत्रमा लाग्दै अगाडि बढ्ने कुरा बताउँछन् । एनएलसी इन्सुरेन्सका कर्मचारी सरोज गायन र आफूले गरेको कामलाई एकसाथ अगाडि बढाउने योजनामा रहेका छन् । ‘गायन क्षेत्रलाई त म जीवनपर्यन्त छाड्न सक्दिनँ । यो क्षेत्र मेरा लागि प्राण नै हो,’ उनले भने ।
आधुनिक र पप मात्र नभएर सरोजले अब विस्तारै चलचित्र गीत–सङ्गीततिर पनि ध्यान दिन थालेका छन् । केही चलचित्र निर्माता र सङ्गीतकारहरूले आफूलाई चलचित्रमा गीत गाउनका लागि अवसर दिन लागेको कुरा उनले बताए । ‘म आत्तिएको छैन । विस्तारै हिँड्छु र एक दिन सफलताको स्वाद चाखेर नै छाड्छु,’ उनी ढुक्क छन् ।
saroj sajan shrestha

About the author

Artist Sansar