साहो समीक्षाः ३५० करोडको फिल्म ‘साहो’ दर्शकलाई मन परेन

Written by Artist Sansar

बाहुबली फिल्मपछि अभिनेता प्रभासको बहुप्रतिक्षित फिल्म ‘ साहु ‘ शुक्रबार रिलिज भएसंगै दर्शकबाट फिल्म राम्रो नरहेको प्रतिक्रिया पाईरहेको छ । ‘जब हामी ‘साहो’ हेर्न पुग्यौं तब केवल निराशा मात्र हात लाग्यो’ ।

यो फिल्म चार भाषामा एकैसाथ रिलिज भएको छ । सबैलाई थाहा भएकै कुरा हो प्रभासका यति धेरै प्रशंसक छन् । उनीहरुले हरेक शहरमा पहिले नै फिल्मको बुकिङ गरेर राखेका थिए ।

धेरैले यो फिल्म ‘बाहुबली’ जस्तै बक्स अफिसमा खरो उत्रने अनुमान गरेका थिए । प्रभास स्टारर फिल्म साहो रिलीज त भयो तर दर्शकले यो फिल्म रुचाउन सकेनन् । फिल्मको प्रमोसनताका नै साहोको तुलना बाहुबलीसंग हुँदै आएको थियो । तर साहो बाहुबलीको तुलनामा कमजोर साबित भयो । ३५० करोडको बजेट खर्चिएको यो फिल्मबाट दर्शक निराश भएका छन् ।

फिल्मको कहानी भुमिगत अपराधिक समूहसंग सम्बन्धित छ । फिल्मको कहानी कमजोर भए पनि एक्सन दमदार रहेको छ । तर फिल्ममा एक्सन सिक्वेल र स्पेसल इफेक्ट बढी मात्रामा देखाइएका कारण फिल्म विषयवस्तुभन्दा बाहिर गएको समीक्षकहरुले बताएका छन् ।

कलाकारको काम राम्रो भए पनि फिल्मको कथावस्तु नै कमजोर हुँदा यतिबेला दर्शकले टुइटरमा फिल्म साहोको मजाक उडाइ रहेका छन् । टुइटरमा प्रभास र उनको फिल्मलाई लिएर मिम्स बन्न थोलेको छ ।

धेरैले साहोलाई आधा स्टार मात्र दिएका छन् । साहोमा प्रभासको साथमा श्रद्धा कपुर, जैकी श्राँफ, महेश मांजरेकर, नील नीतिन मुकेश , मंदिरा बेदी र चैकी पाण्डेको अभिनय छ । फिल्मलाई सुजितले निर्देशन गरेका हुन् ।

About the author

Artist Sansar