चलचित्र ‘पोइ पर्‍यो काले’ को पोस्टर सार्वजनिक

https://artistnepal.com/

https://artistnepal.com/

"

निर्देशक शिशिर राणा निर्देशित चलचित्र ‘पोइ पर्‍यो काले’ को पोस्टर सार्वजनिक गरेको छ ।

तिहारको विदा लक्षित गर्दै कात्तिक ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको पोस्टरमा प्रमुख कलाकारहरु सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ र सोहित मानन्धर प्रस्तुत छन् ।

गएको केही महिना अगाडि निर्माण टिमले फिल्मको पोस्टरका लागि अभिनेत्री पूजा शर्मालाई दुहली र अभिनेता सौगात मल्ललाई दुलहाको भेषमा फोटोसुट गराएको थियो । ती तश्वीरहरु बाहिर आएपछि दर्शकमा फिल्मप्रति कौतुहलता र उत्सुकता जागृत भएको थियो । तर, आइतबार सार्वजनिक गरिएको पोस्टर सामान्य रहेको छ ।