fbpx

गायक सरोज साजनको सांगीतिक कोशेली ‘माया नयनी ताल’ (भिडियो)

Written by Artist Sansar

गायक सरोज साजन श्रेष्ठको नयाँगीत ‘माया नयनी ताल’को म्युजिक भिडियो युटुब मार्फत सार्बजनिक भएकोछ। गायक स्वयमको शब्द, संगीतमा रहेको लोक पप डान्सिङ फ्युजनमा तयार पारिएको गीतलाई नेपाली दर्शक श्रोताले अत्याधिक रुचाईरहेका छन । उनको यो गित युट्युब ट्रेण्डिङ्गको उकालो चढिरहेकोछ।

विधान कार्कीले निर्देशन गरेको भिडियोमा मोडेलहरु सुधिर श्रेष्ठ, रियाशा दाहाल र सुशील रेग्मीको अभिनय रहेको छ ।भिडियोमा उत्सव दाहालको छायांकन, बिकाश दाहालको सम्पादन तथा सुरेन बसेलको कोरियोग्राफी रहेको छ।

गायक सरोज साजन श्रेष्ठका यस अघि पापिनिले , मायालुको देश , रमाइलो फलेबास लगायातका भिडियो सार्बजनिक छन्। उनको यस अघि म्युजिक एल्बम ‘एस ३’ सार्बजनिक भईसकेको छ भने हाल दोश्रो एल्बमको तयारिमा पनि जुटेका छन्। प्रस्तुत भिडियो दोश्रो एल्बममा समाबेश हुने गितको हो।
भिडीयो-

आर्टिस्टनेपाल नेटवर्क अन्तर्गतको ‘ ‘आर्टिस्ट नेपाल मिडिया नेटवर्क’ बाट प्रकाशित।
(artistnepal.com मा कलाकारहरु आफैले आफ्नो  Artist Profile Pageसृजना गर्न सक्दछन , प्रयाश गर्नुहोस )

About the author

Artist Sansar