प्रताप दासको गीतमा दीपक र मिनाक्षी (भिडियो)

Written by Artist Sansar

काठमाडौं– लोकप्रिय गायक प्रताप दासको स्वरमा एउटा मीठो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सरोज पोखरेलद्वारा संगीतबद्ध ‘अञ्जानैमा…’ गीतको म्युजिक भिडियो ओएसआर डिजिटल च्यानलबाट बुधवार साँझ सार्वजनिक गरिएको हो । सत्यराज चौलागाईंले उक्त गीत रचना गरेका हुन् भने रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् ।

यो रोमान्टिक शैलीको गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ । भिडियोमा अन्तर्राष्ट्रिय मोडलको रुपमा स्थापित भैसकेका दीपक घिमिरे फिचर्ड छन् । उनलाई मोडल मिनाक्षी महताराले साथ दिएकी छिन् ।

नितिन चन्दले यो म्युजिक भिडियोलाई निर्देशन गरेका हुन् । सोफी सुनुवारको श्रृंगार रहेको यो भिडियोलाई रुपेश थापाले छायांकन गरेका हुन् भने निशा श्रेष्ठले ड्रेस डिजाइन गरेकी छिन् ।
आर्टिस्टनेपाल नेटवर्क अन्तर्गतको ‘ ‘आर्टिस्ट नेपाल मिडिया नेटवर्क’ बाट प्रकाशित।
(artistnepal.com मा कलाकारहरु आफैले आफ्नो  Artist Profile Pageसृजना गर्न सक्दछन , प्रयाश गर्नुहोस )

About the author

Artist Sansar