वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठकी धर्मपत्नी यसोधा श्रेष्ठको निधन

Written by Artist Sansar

काठमाडौं, चैत २० । वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठकी धर्म पत्नी यसोधा श्रेष्ठको निधन भएको छ । लामो समय देखि क्यान्सरबाट पिडित श्रेष्ठको गए राती १०: ४५ मा गोदावरी स्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो ।

६७ वर्षीया योशोधा श्रेष्ठको पार्थिव शरीरलाई बिहान ९ बजे पशुपतिमा परम्परा अनुसार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ ।

आर्टिस्ट नेपाल चिर आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल आदरणीय श्री मदनकृष्ण श्रेष्ठ ज्यु, सङीत/कलाकर्मी छोरा,श्री यमन श्रेष्ठ लगायत सव परिवारमा हार्दिक समेवदना प्रकट गर्दछ ।

केही पारिवारिक तस्बिरमा यसोधा श्रेष्ठ
family madan krishna shrestha

madan krishna shrestha yasodha shrestha

फोटो : सम्बन्धित फेसबुक

About the author

Artist Sansar