मिस एस.इ.इ. स्टार २०१८ आयोजना हुने, चैत्र २६ गते गते अडिसन

Written by Artist Sansar

एस.इ.इ.दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै मिस एस.इ.इ.स्टार २०१८ कन्टेस्टको आयोजना हुने भएको छ । भवानी इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको यस् प्रतिस्प्रधामा एस.एल.सी.दिएर बसेका विद्यार्थीहरुले मात्रै सहभागिता जनाउन सक्नेछन । यसमा न्युनतम हाईट भने तोकिएको छैन ।

मिस एस.इ.इ. स्टार कन्टेष्ट प्रतियोगीलाई विभिन्न उत्कृष्ट तालिमको साथमा बिजेताले कलेजमा फुल स्कलरसिप, मोडेलिङमा अबसर, थाईल्याण्ड टुर, मोबाईल तथा बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन । ट्रेनिङको अबसरमा प्रतियोगीहरुले लिडरसिप पर्सानालिटी ट्रेनिङ, स्विम्मिङ तथा फोटोसुट, % स्कलर्सिप, राष्ट्रिय स्तरका विभिन्न नेपाली सेलिब्रेटीहरुसंग भेट्घाट तथा बिभिन्न ठाउँको भ्रमणमा सहभागी गराईने आयोजक कमिटीका अध्यक्ष सोनित राज ढुंगेलले बताएका छन् ।
miss see star 2018
यस् अघिको मिस एसइइ स्टार २०१७’ को ताज एलिजा बुढाथोकीले पहिरिएकी छन् । आगमी चैत्र २६ गते अडिसन हुने यस् प्रतियोगितामा भागलिन ईच्चुक प्रतियोगीहरुले ९८०२०५५८७०, ९८४९६५५८७० मा संपर्क गरि नाम टिपाउन सक्नेछन ।

मिस एसइइ स्टार २०१७ क्रमश एलिजा बुढाथोकी बिजेता, अनुष्का मानन्धर फ्रस्ट रनर्स अप, अञ्जली शाह सेकेन्ड रनर्स अप र आयुष्मा नेपाल थर्ड रनर्स अप

मिस एसइइ स्टार २०१७ क्रमश एलिजा बुढाथोकी बिजेता, अनुष्का मानन्धर फ्रस्ट रनर्स अप, अञ्जली शाह सेकेन्ड रनर्स अप र आयुष्मा नेपाल थर्ड रनर्स अप

About the author

Artist Sansar