अलबिदा गजल सम्राट जगजीत सिंह

Written by Artist Sansar

भारतीय चर्चित गजल गायक एवं गीतकार जगजीत सिंहको ७५ वर्षको उमेरमा निधन भएको छ …[+]

२३ असोज, काठमाडौं । भारतीय चर्चित गजल गायक एवं गीतकार जगजीत सिंहको निधन भएको छ ।

उनको मुम्बईको लीलावती अस्पतालमा उपचारका क्रममा ७५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । राजस्थानको श्रीनगरमा ८ फेब्रअरी, १९४१ मा जन्मिएका सिंहलाई ब्रेन हेमरेज भएपछि शुक्रबार अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना हुनु अघि सिंह पाकिस्तानी गजल गायक गुलाम अलीसँग कार्यक्रम प्रस्तुत गर्ने तयारीमा थिए ।

हिन्दी, उर्दू, पन्जाबी, भोजपुरी, नेपाली लगायतका भाषामा गजल गाइसकेका सिंहलाई भारत सरकारले सन् २००३ मा सर्वोच्च नागरिक सम्मान मध्येको एक पद्मभूषणले सम्मान गरेको थियो । सिंहले गाएको नेपाली गजल ‘कुन माया सदर भो’ नेपाली श्रोतामाझ निकै चर्चित छ ।

सिंहलाई भारतमा गजललाई पुनः प्रचलित गराएको तथा गजल गायकीमा कोरस गायनको प्रयोग गर्ने श्रेय जान्छ । गजल गायक सिंह अन्तिम मुगल बादशाह बहादुर शाह जफरले लेखेका गजल भारतमा स्वतन्त्रता आन्दोलनको १ सय ५० औं वर्षगाठको अबसरमा सन् १८५७ मा भारतीय संसदमा गाउने मध्येका एक हुनुहन्थ्यो ।

About the author

Artist Sansar