निर्देशक दीपक रायमाझीको निधन

Written by Artist Sansar

चलचित्र निर्देशक दीपक रायमाझीको हृदयघातका कारण बुधबार बिहान निधन भएको छ …[+]

चलचित्र निर्देशक दीपक रायमाझीको हृदयघातका कारण बुधबार बिहान निधन भएको छ ।

हृदयघात भएपछि परिवारले उपचारका लागि राजधानीको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा पुर्‍याएकामा उनको निधान भएको हो । उहाँ ५८ बर्षअघि पाल्पामा जन्मनु भएको हो । रायमाझीले सन् १९८० मै रूसबाट चलचित्र निर्देशनमा स्नातकोत्तर उत्तीर्ण गर्नु भएको हो ।

२०४४ मा ‘भाग्य रेखा’ बाट कलिउड डेव्यू गरेका उनी प्रायः प्रेम्कथामा आधारित चलचित्र निर्देशन गर्न रुचाउँनु हुन्छ । युगदेखि युगसम्म, कसम, पि्रयसी, पराईघर, हाम्रो मिलन कहिले हुन्छ जस्ता सार्थक चलचित्रको निर्देशन गर्नुभएको छ । रायमाझीले आफ्नै भान्जा राजेश हमाललाई चलचित्र युगदेखि युगसम्मबाट रजतपटमा टेकाएका हुन् । राजेश दिपकका भान्जा हुन् । रायमाझीको दुई छोरी र एक श्रीमती छन् । एक छोरी अमेरिककामै छिन भने अर्की नेपालमै छिन् । कान्छी छोरीको पनि आउदो मंसिरमा अमेरिका बस्ने राणा परिवारको युवकसंग विवाह कुरा फिक्स भएका थियो ।

उनीद्धारा निर्देशित तीन चलचित्र ‘डेष्टीनेशन काठमाण्डू ‘, ‘लभस्टोरी २०६६’ र ‘चाडै आऊ है’ प्रदर्शनको तयारिमा छ ।

About the author

Artist Sansar