जनकवि केशरी धर्मराज थापा रहेनन्

Written by Artist Sansar

प्रसिद्ध लोकगायक, कवि तथा प्राज्ञ धर्मराज थापाको निधन भएको छ… [+]

आर्टिस्ट नेपाल
प्रसिद्ध लोकगायक, कवि तथा प्राज्ञ धर्मराज थापाको निधन भएको छ । उच्च रक्तचाप तथा प्यारालाइसिसका कारण लामो समय देखी थालिएका गायक थापाको आज बिहान ५ बजे स्वम्भु स्थित आफ्नै निवासमा निधन भएको हो । उहाँको पार्थिक शरीरलाई श्रदान्जलीको लागि ११ बजे देखी २ बजे सम्म प्रज्ञा प्रतिस्ठानमा राखिने पारिवारिक स्रोतले बताएको छ ।

वि.सं. १९८१ साउन १ गते पिता हर्कबहादुर र माता मनमायाका सुपुत्रका रूपमा कास्की जिल्लाको बाटुलेचौरमा जन्मनु भएका गायक थापाको हरियो डाँडामाथि हलो जोत्ने साथी गीत अत्याधिक प्रख्यात भएको थियो । गायक थापा दर्जनौं पुस्तक प्रकाशित भइसकेका छन् । २०१३ सालमा राजा महेन्द्रले उनलाई जनकवि केशरीको उपाधि दिएका थिए । चर्चित लोकगायिका ज्ञानु राणा थापाकै छोरी हुन् ।

जनकवि केशरी धर्मराज थापाले सम्पूर्ण नेपाली संगीत प्रेमीलाई स्तब्द बनाएको छ । आर्टिस्ट नेपाल दिबङत आत्माको चिर शान्तीको कामना गर्दछ ।

About the author

Artist Sansar