रानी शाक्यले ल्याईन ‘कमाल किरिमको’ ( भिडियो )

Written by Artist Sansar

लोकप्रिय गायिका रानी शाक्य आधुनिक डान्सिङ गीत ‘कमाल किरिमको’ लिएर प्रस्तुत भएकी छिन । बाबुल गिरीको संगीत रहेको गीतको गायनमा रानी शाक्यलाई अर्का चर्चित गायक सम्राट चौलागाईले साथ दिएका छन ।

सुधिर श्रेष्ठ र गीता ढुंगानाको अभिनय रहेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी ,शिलन लम्सालको सम्पादन र प्रथम छेत्रीको निर्देशन रहेको छ।

भरपुर मनोरञ्जनले भरिएको गीतलाइ संसारभरका विभिन्न डिजिटल प्लेटफर्मको साथै रानी शाक्यको आफ्नै युट्युब च्यानल (Rani Shakya) बाट सार्वजनिक गरिएको हो ।

रानी शाक्यको पछिल्लो समयमा धेरै गीतहरू चर्चित रहेका छन। हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिले सम्म ५ दर्जन भन्दा बढी गीतहरु आइसकेका छन ।

आधुनिक , डान्सिङ गीत, लभ भर्सनका गीतहरुको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी छिन ।

About the author

Artist Sansar