बलिउड अभिनेत्री रानी मुखर्जीको फिल्म ‘मर्दानी २’बाट कमब्याक

Written by Artist Sansar

एजेन्सी– बलिउड फिल्म ‘मर्दानी २’को टिजर सार्वजनिक भएको छ । बलिउड अभिनेत्री रानी मुखर्जी लामो समय देखि ठूलो पर्दामा देखिएकी छैनन् । तर, अब उनको फिल्म ‘मर्दानी २’ आउने १३ डिसेम्बरमा रिलिज हुँदैछ ।

यसले उनका प्रशंसकमा ठूलो उत्साह ल्याएको छ । एक पटक फेरि रानी एक्सन अवतारमा देखिएकी छिन् । फिल्म मर्दानी २ को छोटो टिजरमा रानीले पुलसकर्मीहरुसहित छापा मारेकी छिन् । उनको डायलग पनि मन पराइएको छ । फिल्म सामाजिक मुद्दामा आधारित बताइएको छ । फिल्मलाई गोपी पुथ्रणले निर्देशन गरेका हुन्।

About the author

Artist Sansar