Ramita Bhandari

Singer/Model

https://artistnepal.com/

https://artistnepal.com/

"

आर्टिस्ट नेपाल
आफ्नो परिचयलाई पुन: कायम राख्न रमिता भण्डारी फेरी गायनमा देखिएकी छिन् । कुनै समय राम्रो मोडलको रुपमा पनि परिचय बनाईसकेकी रमिता बिचमा कला क्षेत्रबाट हराईसकेकी थिईन् । मोडेलिङका सबै बिधामा काम गरिसकेकी रमिताले एक दर्जन ट्यालेन्ट शोमा समेत उपाधी पाईसकेकी थिईन् ।

टेलिभिजनको पर्दामा उनको म्युजिक भिडियो, बिज्ञापन, कार्यक्रम संचालन अनि सबै क्षेत्रमा उनको कृयाशिल देखिएको थियो । २०५८ सालमै आफ्नो एकल एल्बम लिएर श्रोता समक्ष अाईसकेकी थिईन् । थुप्रै फेसन शो र ईभेन्टको कार्यक्रम पनि गरेकी थिइन् ।
तर बिचमा एक्कासी हराईन । केही समस्याका कारण कृयाशिल हुन नसकेको बताउछिन् । फेरी उनी यो क्षेत्रमा फर्लिएकी छिन् । निरन्तरता दिने गरी यो क्षेत्रमा आएको उनको भनाइ छ ।

नेपाली मोडेलिङ भन्दा पनि संगीतमा रमाउने उनको सोच छ । ‘ब्ल्याक ह्याण्डसम ब्याई’बोलको गीत बाट फेरी श्रोता समक्ष आएकी रमिता आफ्नै शब्द , स्वर तथा संगीतमा नयाँ एल्बमको तयारीमा रहेकी छिन् । यसकै प्रमोसनमा रमिता भण्डारीले आर्टिस्ट नेपाल डट कमको स्टुडियोमा फोटो सेसन गराएकी हुन् । जसलाई नब ढुङेलको कन्सेप्टमा फोटोग्राफर कुबेर तामाङ्ले खिचेका हुन् ।

About Photoshoot

Model/ Singer: Ramita Bhandari

Photo: Kuber Tamang

Studio: An Fashion Studios , Kamladi, Putalisadak, phone: 01 4419147

Concept: Nava Dhungel

Copyright © 2014. Artistnepal Studios All Rights Reserved