गायक संगितकार पूर्ण गुरुङको दुवै मृगौलाले काम नगरेपछि सहयोगका लागि आग्रह

https://artistnepal.com/

https://artistnepal.com/

"

नेपाली लोकगितका चर्चित गायक तथा संगीत संयोजक दुवै मृगौलाले काम नगरेपछि अस्पातलको सैयामा डाईलासियस गरेर बिताएको महिनौ भईसक्यो । चर्चित गीत ‘पानसमा बत्ति बालेको’ ‘दमौलीमा गेट’ लगायत गीतका एरेन्जर, संगीतकार पूर्ण गुरुङले १० बर्ष पहिले नै मृगौला ट्रान्सफर गरेका थिए ।

हाल सम्म उनको उपचार तथा अौसधोपचारको लागि २० लाख भन्दा बढी खर्च भईसकेको छ । उपचारमा सम्लग्न चिकित्सकका अनुसार गुरुङको थप उपचारका लागि अझै १२ देखि २० लाख रुपैयाँ लाग्छ । उक्त पैसा गुरुङसंग नभएपछि उनी सहयोगी हातहरुको पर्खाइमा रहेका छन । २ देखि ४ महिनाभित्र मृगौला प्रत्यारोपण गर्नु पर्ने डक्टरको सल्लाह छ ।

गुरुङ गायकसँगै एरेन्जर पनि हुन् । गुरुङले दुइ हजारभन्दा बढी गीतमा संगीत भरेका छन । दर्जनौ गीतमा स्वर दिएका छन । उनले गाएका गीत रेडियो नेपालमा अभै पनि कालजयी छन । उनले संगीत गरेका गीत अनि तीनै गीत गाउने गायक गायिकाहरु अहिले धैरै माथि पुगेका छन । उनकी श्रीमती सुमी गुरुङ पनि गायिका हुन् । श्रीमती गुरुङले पैसाको अभावमा उपचार गर्न नसकिएको भन्दै सहयोगका लागि आग्रह गरेकी छन् ।

ईच्छुक महानुभावले आर्टिस्ट नेपाल मार्फत उहाँको थप उपचारको लागि सहयोग गर्नसक्नुहुनेछ । आर्टिस्ट नेपाल मार्फत उपचारमा सहयोग गर्नुहुने सहयोगीहरुको नाम र सहयोग रकम प्रकाशन गरिनेछ ।